0
निजगढसमाचार, निजगढ
नेपाल मगर संघको प्रथम निजगढ नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कृष्ण बहादुर गुर्मछान मगर, उपाध्यक्ष वियामाया पुलामी मगर, कोषाध्यक्ष राधिका आले मगर, सचिव बम बहादुर थापा मगर, सहसचिवमा चन्द्र बहादुर रखाल मगर निर्वाचित भएका छन् । 
त्यस्तै सदस्यमा कृष्ण बहादुर थापा मगर, गोष्ट बहादुर थापा मगर, राजन बहादुर पुलामी मगर, कृष्ण बहादुर थापा मगर लगायत निर्वाचित भए । 
अधिवेशनको नेपाल मगर सघ बाराका अध्यक्ष नेत्र बहादुर पुलामीले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका पुलामीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर सघंका उपलब्धी र त्यस सघंमा लाग्नुको औचित्यबारे प्रष्ट पारेका थिए ।
निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनालले सरकारले जनजातिहरुलाई अहिले प्राथमिकतामा राखेको र मगरहरुले पनि आफ्नो अधिकार खोज्नुपर्ने र नेपाल मगर सघंको भवन निर्माणको लागि माथि केन्द्रबाट नै आर्थिक सहयोगको पहल गर्न आफु तयार रहेको  बताए ।
नेपाल मगर सघंको नव निर्मित भवनमा भएको कार्यक्रमको  समितीका अध्यक्ष कृष्ण बहादुर गुर्मछानले भवन निर्माण क्रममा सबैले सहयोग नगरेकाले आफुले दुःख पाएको गुनासो गरेका थिए ।
नेपाल मगर संघका आजिवन सदस्य एवं एकताटोल सुधार समितिका अध्यक्ष्य मोति बहादुर राना मगरले मगर संघलाई कुनै राजनितिले छुन नहुने र कुनै धर्मको आडमा कुनै मगरलाई नेपाल मगर संघले बञ्चित गर्नु नहुने बताउ“दै  मगर समुदायका बालबालिका उचित शिक्षाको व्यस्था गर्नुपर्ने बताए ।
जनहित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बासुदेव तिमल्सिनाले सबै मगर समुदायमा देखिएको एकताले आफुलाई उत्साहित बनाएको बताए । अध्यक्ष तिमल्सिनाले भवन निर्माणको क्रममा रहेको यस नेपाल मगर संघको भवनलाई नगरपालिकाको बजेटमा पार्न आफुले सक्दो पहल गरेको र बजेट पारेको बताए ।
कार्यक्रममा चौताराटोल सुधार समितिको अध्यक्ष उषा थापा मगर, नेपाल मगर संघ नगर समितिका सचिव बाबुराम थापा मगर, नेपाल मगर संघ नगर समितिको भवन निर्माण समितिको अध्यक्ष्य कृष्ण बहादुर गुर्माछान मगर, नेपाल मगर संघ नगर समितिका कोषाध्यक्ष बिमामाया पुलामी मगर, नेपाल मगर संघ जिल्ला बाराका सचिव रामकुमार सिजांली मगर सहभागि थिए ।
कार्यक्रमको सञ्चालन बम बहादुर थापा मगर, स्वागत नेपाल मगर संघ  निजगढ गाँउ समितिका सचिव बाबुराम थापा मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा लाल, रतनपुर, निजगढ, भरतगंज–सिंगौलका मगर समुदायको उपस्थिति निकै थियो ।

  

Post a Comment

 
Top