0
निजगढसमाचार, निजगढ
लायन्स क्लव अफ निजगढ पीसको आयोजनामा  बाराको निजगढ–८ स्थित गौरीशंकर उच्च माध्यामिक विद्यालयमा शुक्रवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
क्लवले विद्यालयको जन्मजयन्तीको अवसरमा सरसफाई कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथी  विमल कुमार पोखरेलले सरसफाई व्यस्थापन राम्रेसंग गर्न सके फोहरबाट ग्यास र तेल समेत उत्पादन गर्न सकिने धारणा राखे ।
कार्यक्रममा सामुदायिक विद्यालय अभिभावक महासघं बाराका अध्यक्ष केदार गौतम, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपाल, विद्यालयका प्राचार्य शुदर्शन कोइराला लगायतले मन्तव्य राख्दै फोहर ब्यवस्थापन गर्न चुनौति रहेको बताएका थिए ।
  कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत पोखरेलले ५ थान  डस्वीन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपाल, विद्यालयका प्राचार्य शुदर्शन कोइरालालाई हस्तान्तरण गरेका थिए । त्यस्तै क्लवका प्रेसिडेन्ट पद्म प्रसाद तिमल्सिनाले शौचालयमा प्रयोग गर्न लाईफ ब्वाई साबुन विद्यालयका अध्यक्ष नेपाल र प्रचार्य कोईरालालाई हस्तान्तरण गरेको थिए ।
सरसरफाई अभियानको सुरुवात भएको बताउ“दै अन्य विद्यालयमा समेत सरसफाई कार्यक्रम गरेर अभियानलाई निरन्तरता दिईने क्लबका प्रेसिडेन्ट पद्म तिमल्सिनाले बताए ।
कार्यक्रमको अध्यक्षता क्लवका प्रेसिडेन्ट पद्म प्रसाद तिमल्सिना र संचालन क्लबका पि आर ओ रविराज दंगालले गरेका थिए ।

Post a Comment

 
Top