0

  • दिपक कुमार खड्का
     

धेरै वर्ष अगाडीको कुरा हो । एकदिन भेडालाई बाघ बनेर जंगल घुम्ने ईच्छा लाग्यो र ऊ सो मुताविक एकदिन उसले बाघ जस्तै हुनका लागि चाहिने सम्पूर्ण सामानहरु उपलब्ध गरायो र ऊ दुरुस्तै बाघको रुप धारण गरी क्रमशः ऊ बाघकै चालमा र बाघकै आवाजमा ज·ल पस्यो । धेरै हिडाई पश्चात ऊ घनघोर जंगलमा पग्यो ।
उसलाई मनभित्र डर लागि रहेता पनि मुटुलाई दरो पार्दै अझै अगाडी बढ्दै गयो । केही हिडाई पश्चात अकस्मात उसग  बाघको जम्का भेट भयो । भेडा भित्र–भित्रै डराई रहेको थियो तर हिम्मत राखी फुर्तिसंग बनावटी गर्जदै बाघलाई भन्यो–म स्वर्गका राजा इन्द्रले पठाउनु भएको दुत हुँ । स्वर्गमा तिम्रो बारेमा धेरैले उजुरी गरेको हुनाले तिमीलाई चेतावनीको साथ यो ज·ल छोडन आग्रह गर्दछु । यदि तिमीले अहिले यो ज·ल छोड्दैनौ भने तिमीले ठुलो सजाए पाउने छौ“, अर्थात तिम्रो मृत्यु हुनेछ । इन्द्रका दुतले बाघकै रुप धारण गरी अकस्मात यस्तो उदेक लाग्दो कुरा गर्दा र त्यो  पोल लगाउने देखि भित्र–भित्रै एकातिर डर र अर्कोतिर रिसको आगो थाम्न नसकी बाघ इन्द्रका दुतको सामु नम्र हुँदै हात जोडेर गल्ती भए माफ पाउँ महाराज भन्दै त्यो ज·ल छोड्ने निधो गरि अर्को जंगलतिर जान लम्कियो । अब त्यो भेडा भित्र –भित्रै खुब खुशी भयो,आफ्नो नक्कली पुरुषार्थदेखि  ऊ आफै गौरवित भयो । बाघ परपुगि सकेको थियो । भेडा रमाई रहेको थियो । अकस्मात हुरी बतासको साथ–साथै घनघोर  पानी पर्न थाल्यो अब भेडा बिचल्लिमा पत्यो ।केही छिनमै पानी बेस्करी पत्यो । त्यहा“ कुनै पनि ओत लाग्ने ठाउ“ नभएको हुनाले दुवै निथुक्क् पानीले भिजे । बाघ पानीले भिजेता पनि मनमा अनेक  कुरा खेलाउँदै अगाडी बढिरहेको थियो । यता भने पानीले भिजेको कारण भेडाका कृत्रिम जुघा र छालामा लगाएका कृत्रिम रङहरु बगाउँनुको साथ-साथै जाडो लाग्दै गएको थियो । जति मुटुलाई समाले पनि जाडो बढ्दै गयो र ति बनावटी रुप पखालिए पछि भेडा  आफ्नै यर्थाथमा आईपुग्यो । अफसोच भेडाले जाडो खप्न नसक्दा अकस्मात आफ्नो पारिवारिक आवाज निकाल्दै रुन थाल्यो । त्यो अर्को ज·लमा पनि भनि हिडेको बाघ धेरै पर पुगेता पनि अकस्मात  सुनसान ज·लमा भेडाको  सुन्दा बाघ अचम्म मान्दै भेडा रुन तर्फ दौडदै आयो । त्यो दृश्य देखेर बाघको खुशीको सिमा रहेन र डर लाग्दो रुप बनाउँदै त्यो भेडालाई झम्टियो र बिना कसुर दुःख दिएको सम्झिदै मिठो मानी–मानी खायो ।
वास्तवमा आफ्नो हैसियतलाई भुली बिना काम अरुको नक्कल गरी दुःख दिदा शुरुमा जति आनन्द आ“उछ अन्त्यमा त्यो भन्दा भयङ्कर परिणाम आफ्नै मृत्युलाई निम्त्याउनु रहेछ भन्ने सन्देश यस कथाले दिन खोजेको छ । 
–निजगढ–९ बारा

Post a Comment

 
Top