0
निजगढसमाचार, निजगढ
बाराको निजगढ नपा ८ स्थित गौरीशंकर उच्च माध्यामिक विद्यालयले आइतबार ४२ औं जन्म जयन्ति तथा ४१ औं अभिभावक दिवस मनाएको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपालको सभापतित्वमा भएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एंव जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले गरेका थिए । कार्यक्रममा बोल्दै जिशिअ पोखरेलले विद्यालयले समयको माग अनुसार विद्यार्थीहरुलाई गुणस्तरी शिक्षा प्रदान गर्न सक्नुृ पर्ने बताए । उनले आजको युगमा सिप र प्रविधिको महत्व बढदै गएकाले विद्यालयको शिक्षा पनि सोही अनुसार हुनु पर्नेमा जोड दिएका थिए । अघिकारी पोखरेलले विद्यालयलले  अग्रेजी माध्यमबाट शुरु गरेको पठनपाठनको पनि प्रशंसा गरेका थिए । विद्यालयले गुण स्तरीय शिक्षालाई ध्यानमा राखेर एक दशक अघिबाट अग्रेजी र नेपाली दुबै माध्यमबाट १० कक्षासम्म पठनपाठन संचालन गर्दै आएको छ । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एकबहादुर श्रेष्ठ, सदस्य ज्ञानेन्द्र चौलागाई, गौरीशंकर उमावि सडकटोलका प्राचार्य यादवकुमार तिमल्सिना लगायतले विद्यालयको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष, सदस्य र शिक्षक तथा विद्यालयले संचालन गरेको परीक्षा र अतिरिक्त कृयाकलापमा सफल हुने छात्राछात्रालाई प्रशंसा पत्र, पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । सोही अवशरमा एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो । विद्यालयका प्राचार्य शुदर्शन कोइरालाले विद्यालयको शैक्षिक योजना र प्रगति विवरण पेश गरेका थिए । 
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, पूर्वब्यवस्थापन समिति र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा २०६० सालबाट अंग्रेजी माध्यम शुरुवात गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  एकबहादुर श्रेष्ठ, सदस्यहरु तुलसीप्रसाद न्यौपाने, भरतप्रसाद विडारी, दुर्गा कोइराला, दामोदंर सिग्देल, स्व. विष्णुबहादुर लामाको परिवार, नागेन्द्र साह, मानार्थ सदस्य ज्ञानेन्द्रप्रसाद चौंलागाई, सदस्य सचिव कृष्णप्रसाद उपाध्यायलाई सम्मान गरिएको थियो । अंग्रेजी माध्यमका शुरुवातका शिक्षकहरु बोधनाथ चौंलागाई, लोकबहादुर खुलाल, जुना दाहाल, रुद्रप्रसाद धिताल र रन्जु घिमिरे पनि सम्मानित भए ।
२०६२ देखि २०६५ सम्म विद्यालय व्यवस्थापन समितिमा बसेर विद्यालयलाई योगदान पु¥याएको भन्दै तत्कालिन अध्यक्ष रामजीप्रसाद बजगाई, कुन्ती लामिछाने, सुदर्शनप्रसाद बडाल,भोलाप्रसाद गौतम सम्मानित भए । त्यस्तै २०६५ देखि २०६८ सम्मका सर्वदलिय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद बडाल, पदमबहादुर भण्डारी, मुकुन्दराज लामिछाने, चक्रपाणी तिमल्सिनालाई सम्मान गरिएको थियो । यसैगरि २०६९।०१। ०८ देखि २०६९।०२।१५ सर्वदलिय व्यवस्थापन समितिका अध्यक्ष वृषबहादुर लामा, सदस्यहरु सुरथ पुरी, बासुदेव तिमल्सिना, नविनकुमार लम्साल, सन्तबहादुर लामा, मोजहर मन्सुर, शेष अन्जरलाई सम्मान गरिएको थियो । 
त्यस्तै २०७०।११।२८ देखि २०७१।०३।११  का विद्यालय निर्माण सहयोग समितिका अध्यक्ष सन्तबहादुर राउत, सदस्यहरु रामप्रसाद ओझा, स्व. टुकबहादुर लामाका परिवार, शिवप्रसाद तिमल्सिना, धनप्रसाद बजगाई, शंकर चिमोरिया समेत सम्मानित भए ।
कार्यक्रममा २०७१ सालको एस.एल.सी.परीक्षामा उत्कृष्ठ नतिजा ल्याउन योगदान गर्ने शिक्षकहरु रामकुमार शर्मा (दाहाल), बद्रीनारायण झा, केशवकुमार सिजाली,भोलाप्रसाद गौतम, प्रदिप श्रेष्ठ, होमनाथ बञ्जारालाई सम्मान गरियो ।
यस विद्यालयमा ३० वर्षभन्दा बढी सेवा गर्ने शिक्षकहरु बलराम ठाकुर, प्रहलादप्रसाद रिमाल, गोमाकुमारी तिमल्सिना, मधुमंगल कोइराला पनि सम्मानित भए ।
अतिरिक्त क्रियाकलाप एवं अन्य शैक्षिक कार्यक्रममा योगदान गरेको भन्दै शिक्षिका राधिका सापकोटा, विजिता बडाल, दुर्गा गौतमलाई सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा बाल चन्द्र किरणबाबु पुरस्कार समेत वितरण गरिएको थियो । शान्ति खरेलले वितरण गरेको पुरस्कार कक्षा ६ बाट निर्जला श्रेष्ठ, कक्षा ७ बाट सनिस खुलाल,कक्षा ८ बाट छायाँ चौलागाई र सुरजकुमार यादव, कक्षा ९ बाट प्रथम अनिशा लामाले कक्षा प्रथम भएर पाए । 
यसैगरि राष्ट्रपती रनि· शिल्ड प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीहरु वर्षत मोक्तान,  निरुता उप्रेती, सौरभ लामा, पवन श्रेष्ठ, सुस्मिता श्रेष्ठ, अचला पाठक, भावना लामा, विश्वजित पौडेल, चा“दनी लामा, पार्वती बस्नेत,फुर्वा तमाङ, राजु श्रेष्ठ, अनुराधा कार्की, अस्मिता बस्नेत, पवन श्रेष्ठ, अस्मिता बस्नेत सम्मानित भए ।
त्यसै गरि २०७१ सालको एस.एल.सी.परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण भएका सदिस खुलाल, रोशन बजगाई, आशिषकुमार शर्मा, विजय लामा, सामना अधिकारी, चन्द्रमणी संजेल, विभास यादव, विशुलाल तमा·, प्रतिभा पौडेल,विष्णु न्यौपाने,युवराज मैनाली र रोशन अलीलाई सम्मान गरिएको थियो ।
  विद्यालयका छात्रछात्राहरुले संन्देशमुलक नाटक मञ्चन गरिएको थियो । मनोरञ्जनात्मक गीत, नृत्य र विविध सास्कृतिक कार्यक्रम प्रर्दशन समेत गरेका थिए । कार्यक्रमको संचालन व्यवस्थापन समितिका सदस्य केदार गौतम र शिक्षक देवबहादुर वाइवाले गरेका थिए ।
केहि झलकहरु



Post a Comment

 
Top