0
निजगढसमाचार, निजगढ
निजगढ नगरपालिका २ नं. प्रदेशकै पहिलो खुला दिसा मुक्त घोषणाको अन्तिम तयारीमा पुगेको छ ।  यो प्रदेशमां पर्सादेखि सप्तरी सम्मका ८ जिल्ला छन् ।
आगामी फागुन पहिलो साता  खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहको विशेष उपस्थितिमा दिसा मुक्त नगरपालिका घोषणा गर्ने तयारीमा जुटेको हो ।
नगरपालिकाको १,२, ३, ९ र १० वडा यस अघि जेठमा नै खुला दिसा मुक्त घोषणा भईसकेको र बाकी ८ वटै वडाहरुमा खुला दिसा मुक्त भईसकेकाले विशेष कार्यक्रम गरेर घोषणा गर्ने तयारी भएको नगरपालिकाले जनाएको      छ । 
नगरपालिकाभित्र ६ हजार ७ सय २८ घरधुरी मध्ये दुई हजार तीन सय २० घर घुरी घोषणा भईसकेको र बा“की ४ हजार ४ सय ८ घर घोषणाको पर्खाईमा रहेको नगरपालिकाले जनाएको छ ।
वडा नं. १, २, ३ भरतगञ्जसिंगौलका एक हजार एक सय ८१ घरधुरी, वडा नं. १० लालको ७ सय ६ घरधुरी र निजगढ–९ का ४ सय ३३ घर जेठमा नै खुला दिसा मुक्त घोषणा भएको थिए ।
खुला दिसा मुक्त अभियान सुरु हुनु पूर्व नै ४ हजार १८ घरघुरीमा शौचालय थियो । 
निजगढलाई खुुला दिसा मुक्त अभियान संचालन गर्न निजगढ नगरपालिका कार्यालयलाई यूएन ह्याबीट्याडको सहयोगमा वातावरण र जनस्वाथ्य संस्था र नेपाल रेडक्रस सोसाईटी बारा शाखाले सहकार्य गरेको  वातावरण र जनस्वाथ्य संस्थाका जिल्ला संयोजक जीबेन्द्र घिमिरेले बताए ।

Post a Comment

 
Top