0
निजगढसमाचार, निजगढ, ५ असार
बारा क्षेत्र नं. ६ की सासंद मधु शाही ठकुरीले किसान देशको मेरुदण्ड भएको बताउनु भएको छ । बाराको निजगढ ११ स्थित संयुक्त वडा कार्यालयमा आज आयोजित महिलाहरुको लागि सिप मुलक एवं आयमुलक बाख्रा पालन सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सांसद शाहीले कृषि पेशलाई सानो ठान्नु नहुने समेत बताउनु भयो ।
कृषि र पशुपालनको ब्यवसायिकरणको लागि सिप आवश्यक रहेको भन्दै सांसद शाहीले महिलाहरु आत्मनिर्भर भए मात्र आत्मबल समेत उच्च हुने धारणा राख्नु भयो । 
जिल्ला विकास समिति बाराको आर्थिक सहयोगमा सामाजिक स्वस्थ वातावरण तथा विकास केन्द्रले आयोजना गरेको प्रशिक्षणमा जिल्ला पशु विकास कार्यालयका पशु विकास अधिकृत डा. हेमचन्द्र जैसवाल, संयुक्त वडा कार्यालय रतनपुरकी सचिव भगवति रिमाल, नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष रामकुमारी गोले लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
केन्द्रका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गंगा शिवाकोटी र संचालन बद्रि चिमरियाको रहेको थियो । साविक रतनपुरी गाविसका महिलाहरुको सहभागिता रहेको कार्यक्रममा पशु विकास अधिकृत जैसवाल र पशु सेवा ईकाई निजगढका प्रमुख युगलकिशोर सिंहले प्रशिक्षण दिएका छन् । 

Post a Comment

 
Top