0
निजगढसमाचार, निजगढ, ३ असार
हिजो सार्वजनिक एसएलसी परीक्षाफलमा १७ जना विशिष्ट श्रेणी सहित सबै विद्यार्थी उर्तिण भए पछि निजगढ–८ स्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा आज बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । 
विद्यालयले एतिहासिक सफलता प्राप्त गरेको भन्दै एक आपसमा अविर लगाएर खुसीयाली साटासाट गरेका हुन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा ब्यस्थापन समितिका सदस्य केदार गौतम, अभिभावक शोभा राउत, शिक्षक प्रतिनिधि देब बहादुर वाईवाले मन्तब्य राखेको कार्यक्रममा स्वागत विद्यालयका प्रार्चाय सुदर्शन कोईराला र संचालन बोधप्रसाद चौलागाईले गरेका थिए । 

Post a Comment

 
Top