0
निजगढसमाचार, निजगढ
गरिब बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनु पर्ने अवस्था भोगेका र देखेका निजगढ नगरपालिका वडा न.–१० लालमा स्थानिय केहि युवाहरु गरिब बालबालिकाको साहारा बन्दैछन् । 
‘हाम्रो मामा घर’ नामक संस्था खोलेर त्यसमार्फत गरिब बालबालिकाहरुलाई शिक्षाबाट पहुँच पु¥याउन लागि परेका छन् ।
१९ जना बालबालिकालाई दिवा कक्षा सञ्चलन गर्दै आएको हाम्रो मामा घरमा कापी, कलम, पुस्तक र पोशाकसम्म निःशुल्क उपलब्ध गराईदै आएको हाम्रो मामा घर परोपकारी संस्थाका अध्यक्ष  उदयराज अधिकारीले बताए ।
‘हामीले सहयोगी हातहरु मार्फत पाठ्यपुस्तक संकलन गरेर बालबालिकालाई उपलब्ध गराईदै आएको छ,’ अध्यक्ष अधिकारीले भने–खाजाको ब्यवस्था गर्न सकेका छैनौं ।
गरिब बालबालिकालाई खाना सहित आवासको ब्यवस्था गरेर सम्पूर्ण रुपमा साहारा दिने उद्देश्यले संचालन गर्ने उद्देश्य भए पनि आर्थिक अभावमा सम्भव हुन नसकेको मामाघरका अमृत अधिकारीले सुनाए ।
‘अभिभावक भएरपनि शिक्षाबाट बञ्चित गरिब बालबालिकाहरुलाई हामीले साहारा दिने उद्देश्य राखेका हौं,’ महेश प्रसाद घिमिरेले भने–सबैले सहयोग गरे भने हाम्रो उद्देश्य पुरा हुन्छ ।
संस्थाले शनिबार विहान भाडामा संचालन गरेको संस्थाको कार्यालयमा विभिन्न ब्यक्तिहरुको सहभागितामा अन्र्तकृया कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागिले समाज र राष्ट्रप्रतिको सेवामा समर्पित संस्थालाई सहयोग गर्न आफुहरु तयार रहेको प्रतिवद्धता जनाएका थिए ।
निजगढ नगरपालिका संयुक्त कार्यालय रतनपुरकी सचिव भगवती रिमालले नगरपालिकाबाट प्राप्त हुने बालबालिका शिर्षकको बजेट संस्था मार्फत खर्च गर्न सकिने बताए । संस्थालाई ब्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक जग्गा र भवनको लागि सर्वपक्षिय छलफल मार्फत टुङ्गाउनु पर्ने सचिव सापकोटाले बताईन् ।
कार्यक्रममा सहभागि बकैया नागमणी सामुदायिक वन समुह निजगढ–८ का अध्यक्ष रविराज दंगालले भने–‘मेरो पनि केही सहभागितामुलक सहयोग रहनेछ । यो सकारात्मक पहललाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बाचा गर्दै मामाघरमा अध्ययन गर्ने १९ जना बालबालिकाहरुलाई मेरो तर्फबाट दैनिक रुपमा कम्तिमा रु.५ रुपैयाका दरले सहयोग गर्ने वचन दिन्छु ।’
त्यस्तै निजगढका ब्यवसायि रमेश सापकोटाले तीन हजार मूल्य बराबरको आवश्यक शैक्षिक सामाग्री सहयोग गर्ने घोषणा गरेका थिए । त्यस्तै कार्यक्रममा लालका समाजसेवी कुमार मोक्तानले कापी हस्तान्तरण गरेका थिए । 
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्कीले पढ्ने बानीको विकास गरेर सामुदायिक विद्यालयमा भर्ना गर्ने वातावरण मिलाउनु पर्ने धारणा राखे । त्यसको लागि सुरुमा नै दुई हजार नगद सहयोग गर्ने जनाए ।
त्यस्तै निजगढ समाचारका साप्ताहिकका कार्यकारी सम्पादक महेश अधिकारीले संस्थालाई बैधानिकता दिएर अघि बढ्न सुझाव दिए । सरकारले शिक्षा क्षेत्रमा अबौं लगानी गरिरहेको सन्दर्भमा अधिकत्तम सरकारी सुविधा लिन तर्फ पहिला ध्यान दिनु पर्ने भन्दै दोहोर खर्च बढाउनु भन्दा त्यसलाई उपयोग गर्न सुझाव दिए ।

Post a Comment

 
Top