0
निजगढसमाचार, मनहर्वा, ३२ जेठ
पुष्पराज खतिवडा/गए राती मनहर्वा गाविस वडा नं.३ का बाबुराम पुलामी स्थानीय १२ बर्षिया बालिका बलात्कार प्रयासको आरोपमा पक्राउ परेकाछन् । बालिकालाई उनकै घरमा बलात्कार प्रयास गरेपछी आफन्त र गाउँले पुलामीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । 
   घटनालगतै प्रहरी चौकी जैतापुरबाट पुगेको प्रहरी टोलिले उनलाई नियन्त्रणमा लिएर जिल्ला पठाएको प्रहरी जवान शिवराज खरेलले बताए ।
   उनका अनुसार मदिरा सेवनगरी मातेका पुलामीले बालिका एक्लै घरमा रहेको बखत जबरजस्ती गरेपछी उनी चि¥याएकी थिईन् । बालिकाकी आमा घरधन्दामा ब्यस्त र बाबु गाउँतिर गएको मौकाछोपी पुलामीले बालिका बलात्कारको प्रयास गरेछ । बालिका चिच्याएको आवाजका कारण भेला भएका आफन्त र गाउँलेहरुले पुलामीलाई समातेर घरको पिलरमा बाँधेर राखेका रहेछन् बालिकाको अवस्था सामान्य रहेपनी उनी निकै डराई कामीरहेको हामीले पायौं खरेलले सुनाए ।
पुलामी टोले गुण्डाको रुपमा चिनिएका ब्यक्ती हुन् । यसअघि पनी बोल्न नसक्ने एक बालिका सुतेको ठाउँमागई जबरजस्ती गर्न खोज्दा प्रक्राउपरी एकरात चौकीमा थुनिएका थिए । थुनिएको भोलि पल्टनै बालिकाका बाबुले पुलामीका आफन्तहरुको दवाबमा छुटाएको समेत थाहा भएको छ ।  

Post a Comment

 
Top