0

निजगढसमाचार, निजगढ, ३१ जेठ
राप्रपा नेपालको निजगढ नगर अध्यक्षमा खड्ग प्रसाद उप्रेती सर्वसम्मत निर्वाचित भएका छन् । आज दिउँसो सम्मन्न दोस्रो नगर अधिवेशनबाट उप्रेतीको नेतृत्वमा २१ सदस्यि कार्यसमिति निर्वाचित भएको हो । 
    कार्यसमितिको पदाधिकारी भने आगामी बैठकबाट चयन गरिने प्रमुख निर्वाचन अधिकृत राजनारायण साहले बताउनु भयो । यस अघि अध्यक्षमा बासुदेव तिमल्सिना, खड्ग प्रसाद उप्रेती र सोनाम लामा आकाक्षि देखिएका थिए । ५० प्रतिशत कार्यसमिति सदस्य अध्यक्षले मनोनित गर्ने राप्रपा नेपालको विधानमा ब्यवस्था छ ।

Post a Comment

 
Top