0

निजगढसमाचार, निजगढ, ३१ जेठ
भुमिसुधार तथा ब्यवस्था मन्त्री रामकुमार शुब्बाले नेपाली नागरिकको अचल सम्पति असुरक्षित रहेको बताउनु भएको छ । राप्रपा नेपाल निजगढ नगरको दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शुब्बाले आफुले उपभोग गर्दै आएको जग्गा आफ्नो भएको पुर्जा समेत चल्लीमा आउन नसकेको अवस्था अन्त्य नभएसम्म चुनौती कायमै रहने बताउनुभयो । 
राप्रपा नेपालका केन्द्रिय सदस्य समेत रहेका मन्त्री शुब्बाले सरकारले तीन वर्ष भित्र सुकुम्बासी समस्या समाधानको लागि योजना बनाईरहेको जानकारी दिनुभयो । २१ औं शताब्दीमा कम्मली, कमैया र हलिया बस्नु पर्ने समस्या रहेको भन्दै त्यसको अन्त्य गर्न ६ अर्व खर्च गर्नु पर्ने मन्त्री शब्बाको भनाई छ ।
कार्यक्रमका राप्रपा नेपालका महामन्त्री लिङदेलले राप्रपा नेपाल राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डाबाट पछि नहटेको भन्दै जनताको मतबाटै संविधान संसोधन गरेर मद्दा स्थापित गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य गिरीधारी चौधरी, महिला आमन्त्रित केन्द्रिय सदस्य सावित्रि भारती, अञ्चल कमिटि सदस्य भरतबहादुर मल्ल, जिल्ला अध्यक्ष राजनाराण साह, क्षेत्रिय अध्यक्ष शिवप्रसाद तिमल्सिना, युवक संगठनका केन्द्रिय महासचिव विनोद भारती लगायत नेपाली कांग्रेस निजगढ नगर ईकाई सभापति महेशी कुमँर, नेकपा एमाले निजगढ नगर संयोजक दिलबहादुर लामा, नेकपा माओवादी केन्द्रका बेनी बहादुर मोक्तान, नेकपा मालेका शंकर चिमरिया, राष्ट्रिय मधेस समाजवादी पार्टीका नगर अध्यक्ष मोजहर मन्सुर, सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ बाराका अध्यक्ष केदार प्रसाद गौतम, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष तिर्थ गौतम र लायन्स क्लब अफ निजगढ पीसका प्रेसिडेन्ट पदम प्रसाद तिमल्सिनाले शुभकामना मन्तब्य ब्यक्त गरेको कार्यक्रममा संचालन नगर सचिव खड्ग प्रसाद उप्रेती र स्वागत गित बद्रि राउतले गायका थिए ।

Post a Comment

 
Top