0
निजगढसमाचार, निजगढ
वन तथा भुसंरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल प्रभावित गढीमाई–१६ टाँगियावस्तीवासीसंग भेटघाट गरेका छन् ।
मन्त्री सापकोटाले शुक्रबार साँझ टाँगियावस्ती पुगेर उनीहरुसंग प्रत्यक्ष भेटघाट गरेर समस्या सुन्दै उचित पहल लिने प्रतिवद्धता      जनाए ।
मन्त्रालयका सचिव उदय चन्द्र ठाकुर, जिल्ला वन अधिकृत जीवन ठाकुर सहित नेकपा माओवादी केन्द्रका नेताहरुसंग त्यहाँ पुगेका मन्त्री सापकोटाले टाँगियावस्तीसंग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै बस्तीको उचित ब्यवस्थापनको लागि ठोस निर्णयमा पुग्ने बताए ।
‘यो बस्तीको न्यायोचि ब्यवस्थापन गर्नु हाम्रो दायित्व हो,’ मन्त्री सापकोटाले भने–यसको अनिर्वाय बैकल्पिक ब्यवस्था गर्नुपर्छ । सरकारले न्यायोचित ढङगले जनताको ब्यवस्थापन गर्नुपर्छ, गर्छ सरकाले जिम्मा लिनुपर्छ ।
त्यसको लागि जनताको पहल आवश्यक रहेको भन्दै घच्घाई रहन म आग्रह गर्छु ।
यसलाई मैले गम्भिर रुपमा आगामी मन्त्री परिषद् बैठकमा म कुरा गर्छु । संसदमा पनि कुरा राख्छु ।–मन्त्री सापकोटाले भने ।
कार्यक्रममा टाँगिया सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले वस्तीको तर्फबाट माग पत्र मन्त्री सापकोटालाई हस्तान्तरण गरेका थिए ।
माओवादीका मुक्ति लामाको सभापतित्वमा भएको कार्यक्रममा टिका अधिकारी, शंकर थोकरले बोलेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद दिलमाया धामी, केन्द्रका पोलिटब्यूरो सदस्य क्षेत्र बहादुर श्रेष्ठ, ज्वाला साह, देवेन्द्र पराजुली, केन्द्रिय सदस्य जयराम दाहाल, राजन पौडेल लगायत सहभागि थिए ।
विमानस्थल निर्माणको लागि लालपुर्जा भएको जमिनको अधिग्रहणको काम सुरु भईसके पनि टाँगिया परियोजना अन्र्तगत बसोबास सुरु भएको टाँगियावस्तीको स्थानीयको जग्गाको भने पुर्जा नहुदाँ अधिग्रहण प्रकृया अघि बढ्न नसकेको बेला मन्त्री सापकोटाले भेटघाट गरेका हुन् ।
बस्ती स्थान्तरणको विकल्पका विषयमा मन्त्री सापकोटाले स्थानीयसंग छलफल गरेका हुन् ।
यसैविच मन्त्री सापकोटाले निजगढ नगरपालिकास्थित प्राकृतिक हलखोरिया दहको समेत अवलोकन गरेका छन् । दहलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र वन्यजन्तुको आहारको लागि उपयुक्त भएकाले यसको संरक्षणको लागि आवश्यक काम गर्न जिल्ला वन अधिकृतलाई निर्देशन दिए ।
अवलोकन कार्यक्रममा पर्सा वन्य जन्तु आरक्ष आधाभारका वार्डेन युवराज रेग्मीले दहमा वन्यजन्तुको चहलपहल सुरु भईसकेको जानकारी दिए । दहमा बाघ र गैंडाको समेत आगमन हुन थालिसकेको वार्डेन रेग्मीले बताए ।
मन्त्री सापकोटाले पथलैयामा गढीमाई साझेदारी वनको विधान तथा कार्ययोजना हस्तान्तरण गरेका छन् । १५ गाविस समेटिएको वन समितिमा १६ हजार घरधुरी आवद्ध छन् ।
सिमरा विमानस्थलमा विहान ९ बजे अवतरण गरेका मन्त्री सापकोटाले वन कार्यालयका विभिन्न स्थानमा रहेका घाटगद्दीको समेत अवलोकन गरेका थिए ।
यस अघि जिल्ला वन कार्यालय बारा सिमरामा आयोजित कार्यक्रममा मन्त्री सापकोटाले घाटगद्दीमा डढेलो लागेर नष्ट भएको विषय गम्भिर भएको भन्दै कर्मचारीको लापरवार्ही भएको भन्दै सम्बन्धित कर्मचारीलाई कारवार्हीको सिफारिस गर्न निर्देशन दिए ।
ईलाका वन कार्यालयहरु झोलामा संचालन रहेको विषयम पनि गम्भिर भएको बताए । कार्यालय भवन निर्माण गर्ने विषयमा सचिव ठाकुरलाई निर्देशन दिए ।
कार्यक्रममा जिल्ला वन अधिकृत ठाकुरले कार्यालयको गतिविधिको बारेमा जानकारी गराएका थिए । एक सय ८५ जना मध्ये एक सय १८ जना मात्र कर्मचारी रहेको बताए । बारामा एक हजार एक सय ८३ हेक्टर वन क्षेत्र अतिक्रमण भएको ठाकुरले बताए । जिल्लाभित्र १८ वटा नसर्रीबाट १२ लाख विरुवा उत्पादन हुने क्षमता रहेको बताए ।
मन्त्री सापकोटाले भुकम्प पीडितको घर बनाउन आवश्यक काठ बारा जिल्लाबाट कति लान सकिन्छ भनेर जिज्ञासा राखेका     थिए । वन अधिकृत ठाकुरले वन कार्यालय र आपूर्ती समितिमा करिब ४५ हजार क्यूबफिट काठ रहेको जानकारी दिए । कार्यालयमा निर्देशन दिने छन् ।
वनमन्त्री सापकोटा अकस्मात वनमा रहेको घाटगद्दी पुगेपछि कर्मचारीमा भने खैलाबैला मच्चिएको छ ।
तराईका विभिन्न जिल्लाका वन क्षेत्रका साथै तस्करीका क्रममा नियन्त्रणमा लिइएका काठ गोदामको आकस्मिक निरीक्षक गरेका थिए ।
चोरी गर्न लागिएका बेला प्रहरी र वन रक्षकले नियन्त्रणमा लिएर गोदाममा राखिएका काठ अनियमित तवरले वितरण भइरहेको सूचनाका आधारमा मन्त्री सापकोटा आकस्मिक निरीक्षणमा गएका हुन् ।
सापकोटाले पथलैयास्थित जिल्ला वन कार्यालय बारा, थपलैया घाटगद्दीस्थित काठ गोदाम र रौतहट पुगेर काठ निरीक्षण गरेको उनका स्वकीय सचिव एवं एमाओवादी युवा नेता युवराज दुलालले जानकारी    दिए ।
दुलालका अनुसार निरीक्षणका क्रममा रौतहटमा ‘ए’ ग्रेडको काठलाई ‘बी’ ग्रेडको दरमा लिलामी गर्न खोजेको भेटिएको     बताए । काठको ग्रेड घटाएर बिक्री गर्न खोज्ने कर्मचारीलाई तत्काल कारबाही गर्न सापकोटाले सम्वद्ध अधिकारीलाई निर्देशनसमेत दिएका छन् ।
यस्तै टेण्डर कबोल स्वीकृत भइसकेपछि काठ नउठाउने ठेकेदारको धरौटी जफत गर्नसमेत मन्त्री सापकोटाले निर्देशन दिएका छन् । ठेकेदारले समयमै काठ नउठाउँदा करोडौं मूल्यका काठ कुहिएर जाने खतरा छ ।
सापकोटाले वन तस्करी रोक्न समेत कडा निर्देशन दिएको दुलालले बताए । भ्रमणमा बिहीबार र शुक्रबार भएको भ्रमणमा वन मन्त्रालयका सचिव ठाकुर, वन विभागका महानिर्देशक गौरीशंकर तिमाल लगायत थिए ।



Post a Comment

 
Top