निजगढसमाचार, निजगढ
निजगढ नगरपालिका कार्यालयले यहाँका ७ वटा क्रसर उद्योगीलाई सार्वजनिक संरचना मर्मत शुल्क बारेमा पटक–पटक पत्रचार गर्दै आएको छ ।
२०७१ पुसमा सम्पन्न नगर परिषद्को निर्णय अनुसार पटक–पटक पत्रचार गर्दै आएको छ ।
कार्यालयले २०७१ पुस देखि असार सम्मको ६ महिनाको शुल्क बुझाउन पहिलो पटक पत्रचार गरेर छलफलमा बोलाएको थियो । त्यस पछि २०७२ चैत्र ३० गते र २०७३ बैशाख १३ गतेको सर्वपक्षिय बैठकले छलफलमा बोलाईएको हो ।
कार्यालयले अवनिष क्रसर उद्योगलाई मासिक एक लाख, हिमाल क्रसर उद्योगलाई ७५ हजार, चौलागाई क्रसर उद्योगमा एक लाख, लालबकैया क्रसर उद्योगमा ७५ हजार, माँ बैष्णवी क्रसर उद्योगलाई ७५ हजार, नेपाल क्रसर उद्योग २५ हजार, नारायण क्रसर उद्योग २५ हजारका दरले शुल्क बुझाउन पत्र काटेको छ ।
छलफलमा बोलाउँदा उद्योगका संचालकहरु आउन समेत अटेर गर्दै आएका छन् । यसैविच बाराको निजगढ नगरपालिका–४ मा रहेको अवनिष क्रसर उद्योग विगत १ वर्ष देखी वन्द छ । क्रसर एक वर्ष देखी बन्द हुदाँ जग्गाधनी र कर्मचारी, त्यहाँ कार्यरत मजदुरी मर्कामा परेका छन् । अशोक कुमार मुरारकाको नाममा रहेको सो क्रसर उद्योग विगत १ वर्षदेखी बन्द रहेको हो । स्थानिय १८ जनाको जग्गा लिजमा लिएर सञ्चालन गरेकोमा उद्योग बन्द भएपछि जग्गा धनीहरुले जग्गाको भाडा नपाएको भन्दै बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानालाई भेटेर दुखेसो पोखेका छन् ।
प्रमखु जिल्ला अधिकारी ढुंगानाले आफुले सो बारेमा बुझेर समस्या समाधानमा सघाउने आश्वास दिनुभएको पिडित गुरु प्रसाद गौतमले बताए । साथै उद्योगमा काम गर्ने ८० जना कर्मचारीले समेत तलब नपाएको गुनासो गरेका छन् । बन्द क्रसरका तत्कालिन म्यानेजर प्रदिप सुवेदी भने नेपाल क्रसर उद्योग संचालन बनेका छन् ।
Post a Comment
Post a Comment