0
निजगढसमाचार, निजगढ
बाराको निजगढ नगरपालिका–७ योजना टोलस्थित कान्तिपुर पोल्ट्री ब्रिडिङ फर्मले उद्योग बन्द गर्न लिखित सहममित नजाए पछि स्थानीयले गरेको तालाबन्दी मंगलबार दोस्रो दिन पनि जारी रह्यो ।
एक साता लामो धर्ना पछि उद्योगमा अनिश्चितकालिन तालाबन्दी गरेका स्थानीयसंग उद्योग संचालकले पाँच दिन भित्र लिखित सहमति गर्ने प्रतिवद्धता पछि साउन ३२ गते साँझ ताला खोलिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बारामा बुधबार स्थानीय राजनीतिक दलका प्रतिनिधि, दुर्गन्धबाट प्रभावित स्थानीयहरु तथा उद्योग सञ्चालक नबराज पौडेलविच भएको सहमति अनुसार फर्म बन्द गर्न लिखित सहमति गर्ने निर्णयबाट उद्योग संचालक ऋषी बडाल पछि हटेको स्रोतले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले उद्योग संचालकलाई उद्योग अन्यत्र सार्न निर्देशन दिएका छन् । उद्योगबाट दुर्गन्ध फैलिएर स्थानीयहरु पीडित भएका कारण प्रमुख जिल्ला अधिकारी मानन्धरले यस्तो मौखिक निर्देशन दिएका हुन् ।
उद्योग विस्थापनको माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका स्थानीयसंग जिल्ला प्रशासन कार्यालयमा ५ दिनभित्र लिखित सहमति गर्ने निर्णय भएको थियो । बैठकमा प्रजिअ अधिकारीसँग उद्योग सञ्चालक नवराज पौडेलले अर्का सञ्चालक ऋषि वडालसँग सल्लाह गर्नुपर्ने भन्दै समय मागेपछि सहमति पाँच दिन पर सरेको थियो । उद्योगका २ जना सञ्चालक मध्यका नवराज पौडेलले प्रमूख सञ्चालक बडालको अनुपस्थितीमा कुनै लिखित सहमती गर्न नसक्ने जनाएपछि स्थानीयले बडाललाई निजगढमा उपस्थित गराउन पाँच दिनको सहमती दिएका हुन् । 
प्रशासन कार्यालयमा सहमति भएको भोलि पल्टै आएका बडाल सहमति नगरि पुनः फर्किएका थिए ।
उद्योग संचालकले मागेकै समयभित्र लिखित सहमति गर्न चासो नदेखाएपछि बाध्य भएर पुनः तालाबन्दी गर्नु परेको योजना टोल सुधार समितिका अध्यक्ष शिवराम श्रेष्ठले बताउनु भयो ।
स्थानीयले साउन ५ गते विहान उद्योगको नयाँ ब्लकको दक्षिण गेटमा तालाबन्दी गरेका हुन् । तालाबन्दी भएको गेटमा टेन्ट राखेर एक सय भन्दा बढी स्थानीयले धर्ना समेत दिदै आएका छन् ।
दुर्गन्ध नियन्त्रणका लागि भएको सम्झौता कार्यान्वयनको नभएको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेका स्थानीयले यस अघि साउन २६ देखि ३१ गतेसम्म एक साता उद्योगको मुल गेटमा धर्नामा बसेका थिए ।

Post a Comment

 
Top