0
निजगढसमाचार, निजगढ, १२ साउन ।
बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं. १६ टांगियाबस्तीमा मोवाईल टावर स्थापनाका गर्न लागि नेपाल टेलिकमको प्राविधिक टोलीले स्थालगत निरीक्षण गरेको छ । नेकपा माओवादी केन्द्रले मेयरका उम्मेदवार राजन पौडेलको नेतृत्वमा केहि दिन अघि नेपाल टेलिकम क्षेत्रिय कार्यालय बीरगञ्जमा नगर भित्रका मोवाईल टावर विस्तारका लागि डेलिकेशन गएपछि टेलिकमको प्राविधिक टोलीले आज सम्भब्यता बारेमा स्थलगत निरीक्षण गरेको हो ।
   टोलीले उपकरण मार्फत लोकशन ट्रयाक गरेर गएको छ नेकपा माओवादी केन्द्र जीतपुरसिमरा उपहानगरपालिका वडा नं. १६ का अध्यक्षका उम्मेदवार केदार बजगाईले भने– प्राविधि रुपमा काम अगाडी बढ्यो, अबको केहि समय नै मोवाईलको नेटवर्कको समस्या हट्ने विश्वास छ ।
उपमहानगरपालिका भईसक्दा समेत वडा नं. १६ को टांगियाबस्ती र २२ नं. वडाको अमलेखगञ्जस्थित चकरी, १ नं. पुल,  २ नंं. पुलको आसपासमा मोवाईल नेटवर्क नलाग्ने समस्या रहेको छ ।

Post a Comment

 
Top