0

निजगढसमाचार,निजगढ,२ भदौं । 

बाराको निजगढमा निःशुल्क योग शिविर हुने भएको छ । अष्टा· राजयोग एवं नैचरोपैथ, नैष्ठिकी (ब्च्थ्ब्ल्) उपचार केन्द्रको आयोजनामा भदौं ५,६,८ गते शिविर हुन लागेको हो ।
निजगढ शहीदचोकस्थित अवतार बचत तथा ऋण सहकारी संस्था र एनएमबी बैंक रहेको भवनको माथिल्लो तल्लामा संचालनमा आउन लागेको केन्द्रले शिविर आयोजना गर्न लागेको जनाएको छ । 
केन्द्रले योगासन, योगाप्रणायाम, योगाध्यान, बन्ध, मुद्रा, चक्रदर्शन, रेकी आदि विधिहरु सिकाउनुका साथै विभिन्न रोगहरुको सफल उपचार गर्ने योग मास्टर आर्यन दाहालले जानकारी दिनुभयो ।
निःशुल्क शिविर सकिएपछि शःशुल्क योग कक्षा संचालन गर्ने केन्द्रको योजना रहेको छ । योग तीन महिना अनिवार्य सिक्नुपर्नेछ योग मास्टर दाहालको भनाई छ । एक हप्ता शिविरमा उपस्थित हुनेहरुले ८ हप्ता सिक्दा हुने योग मास्टर दाहाले जानकारी दिनुभयो ।

Post a Comment

 
Top