0
निजगढसमाचार, निजगढ
निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन समुहले नयाँ कार्यसमिति पाएको एक साता पनि आज मंगलबार बुझबुझारक गर्दैछ ।
निर्वाचन मण्डलको रोहवरमा बुझबुझारक गर्ने योजना भएकाले ढिला हुन गएको नवनिर्वाचित समितिका अध्यक्ष रविराज दंगालले बताए । ‘दुई वटा समुह मर्ज भएर समिति बनेकाले औपचारिक रुपमा नै बुझबुझारक गर्न खोजिएको हो,’ दंगालले भने–निर्वाचन मण्डलसंग समय मिलाएर मंगलबार बुझबुझारक गरिन लागेको हो । बुझबुझारकमा ढिलाई हुदाँ एक हप्ता हुन लाग्दा कार्यालय समेत खुल्न सकेको छैन् । बुझबुझारक गरेर मात्र कार्यालय संचालनमा ल्याउने समितिको तयारी छ । कार्यालय ब्यवस्थित बनाउने विषयमा समेत छलफल गरेर नयाँ ठाँउमा कार्यालय सार्ने तयारी छ । समुहको पहिलो  पहिलो बैठक आज बस्दैछ ।
गत मंगलबार उद्योग वाणिज्य संघ निजगढ शाखाको सभा हलमा रविराज दंगालको नेतृत्वमा सर्वसम्मत १५ सदस्यि कार्यसमिति निर्वाचित भएको थियो ।
उनीहरुलाई सोही दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा रामप्रसाद उपाध्याय ओझा, सचिवमा दुर्गा कुमारी घिमिरे, कोषाध्यक्षमा हरि प्रसाद न्यौपाने, सहसचिवमा सुमोमाया भुलेन लामा छन् । त्यस्तै समितिको सदस्यमा दिनेश खतिवडा, भगवती साह कानु, लिला श्रेष्ठ, मिनराज खनियाँ, उर्मिला कुमारी ढुंगाना, बलराम दाहाल, कल्पना नेपाली, लक्की लामा, सावित्रि न्यौपाने, सुदर्शन दंगाल रहेका छन् ।
जेठ ३ गते साधारण सभाबाट सर्वसम्मत नभए पछि गत मंगबार निर्वाचन प्रकृया सुरु गरिएको थियो । निर्वाचनमा कुनै पनि पदमा दुई वटा उम्मेदवारी नपरेपछि सर्वसम्मत निर्वाचित भएको हो । 

Post a Comment

 
Top