0
निजगढसमाचार, निजगढ, ३ असार
वन तस्करी बढेको भन्दै बाराको निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन क्षेत्रमा ईलाका प्रहरी कार्यालय निजगढ, ईलाका वन कार्यालय लाल र वन समुहले वन क्षेत्रमा संयुक्त वन गस्ति सुरु गरेको छ ।
वन समुहको आग्रहमा ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शुभाष गैरे, ईलाका वन कार्यालय लालका प्रमुख प्रमानन्द कुशवाह र बकैया नागमणी सामुदायिकका अध्यक्ष रविराज दंगाल नेतृत्वको टोलीले संयुक्त गस्ति सुरु गरेको हो ।
हतियार सहित प्रहरी र वन रक्षक परिचालन गरेर तस्करी काठ चोरी नियन्त्रण गर्न मद्दत पुग्ने भएकाले सबैको सहयोगमा गस्ती सुरु गरिएको समुहका अध्यक्ष रविराज दंगालले बताए । पर्सा वन्य जन्तु आरक्ष सुरक्षार्थ खटिएका नेपाली सेनासंग पनि सहकार्य गर्ने विषयमा छलफल भईरहेको अध्यक्ष दंगालले जानकारी दिए ।

Post a Comment

 
Top