0
बासुदेव तिमल्सिना                 खड्ग प्रसाद उप्रेती 
निजगढसमाचार, निजगढ, २९ जेठ
राप्रपा नेपालको निजगढ नगर अध्यक्षका लागि तीन जना आकाक्षि देखिएका छन् । आउँदो सोमबार हुन लागेको दोस्रो नगर अधिवेशनको लागि अध्यक्षमा बासुदेव तिमल्सिना, खड्ग प्रसाद उप्रेती र सोनाम लामा आकाक्षि देखिएका हुन् । तिमल्सिना वर्तमान अध्यक्ष हुन भने उप्रेती नगर सचिव र लामा कार्यसमिति सदस्य एवं ६ नं. वडा सचिव हुन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने बताईएको छ । सर्वसम्मत नभए निर्वाचन प्रकृया सुरु हुने छ । निर्वाचन प्रकृयामा ११ वटा वडाका कार्यसमितिका पदाधिकारी र सदस्य मतदाता हुने छन् । । करिब दुई ५० जना प्रतिनिधि मध्येबाटै उम्मेदवार बन्न पाउने ब्यवस्था छ राप्रपा नेपाल निजगढको दुई वटा वडामा वडा कमिटि गठन भईसकेको छैन् ।
  दोस्रो नगर अधिवेशन पार्टीका केन्द्रिय महामन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा र भूमिसुधार मन्त्री रामकुमार सुब्बाको विशिष्ठ आतिथ्यतामा सम्पन्न हुने बताईएको छ।


Post a Comment

 
Top