0
निजगढसमाचार, निजगढ, २८ जेठ
दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल प्रभावित गढीमाई–१६ टाँगियावस्तीवासीसंग वन तथा भुसंरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले आज भेटघाट गर्दैछन् । मन्त्री सापकोटाले दिउँसो टाँगियावस्ती पुगेर उनीहरुसंग प्रत्येक्ष भेटघाट गरेर समस्या बुझ्ने कार्यक्रम रहेको जिल्ला वन कार्यालय बाराले जनाएको छ ।
विमानस्थल निर्माणको लागि लालपुर्जा भएको जमिनको अधिग्रहणको काम सुरु भईसके पनि टाँगिया परियोजना अन्र्तगत बसोबास सुरु भएको टाँगियावस्तीको स्थानीयको जग्गाको भने पुर्जा नहुदाँ अधिग्रहण प्रकृया अघि बढ्न नसकेको बेला मन्त्री सापकोटाले भेटघाट गर्न लागेका हुन् ।
बस्ती स्थान्तरणको विकल्पका विषयमा मन्त्री सापकोटाले स्थानीयसंग छलफल गर्ने तयारी गरेको बुझिएको छ ।
यसैविच मन्त्री सापकोटाले निजगढ नगरपालिकास्थित प्राकृतिक हलखोरिया दहको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । मन्त्री सापकोटाले पथलैयामा गढीमाई साझेदारी वन हस्तान्तरण गर्दैछन् । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र पीलुवाको बृक्षारोपण कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ ।
सिमरा विमानस्थलमा विहान ९ बजे अवतरण गर्दै मन्त्री सापकोटाले जिल्ला विन कार्यालयमा निर्देशन दिने छन् ।

Post a Comment

 
Top