0

निजगढसमाचार, निजगढ, २७ जेठ
गाँजा तस्करी नियन्त्रणमा प्रहरी सक्रिय हुन थालेपछि यसमा नयाँ तरिका प्रयोग गर्न थालेका छन् । प्रहरीको आँखा छल्न तस्करहरुले मोटरसाईकलको सिट मुनी र ब्याट्रि बक्समा लुकाएर गाँजा तस्करी गर्दै आएको खुलासा भएको छ ।
आज दिउँसो निजगढ–८ स्थित ट्राफिक भवन छेउबाट निजगढ प्रहरीले यसरी लुकाएर ल्याउँदै गरेको अवस्थामा डेढ किलो तौल बराबरको गाँजा सहित तस्करलाई नियन्त्रणमा लिएको छ ।
चेकजाँचका क्रममा आशंका लागेर लिएको गढीमाई–७ जीतपुर बस्दै आएका पर्सा भिखमपुरका लालबाबु साहको ना. १ प. २७१९ नक्बरको यामाहाको वाईविएक्स मोटरसाईकलबाट सिटको खोलको आकारमा लामो प्लाष्टिभित्र राखिएको ९ सय ग्राम र ब्यट्रि बक्स भित्र तीन वटा सानो पोलिथिनमा राखिएको ६ सय ग्राम गाँजा बरामद् भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शुभाष गैरेले बताए ।
गाँजा सहित पक्राउ परेका साहको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । रतनपुरबाट ल्याईएको गाँजा करिब १५ हजार मूल्य बराबरको भएको प्रहरीको अनुमान छ । पक्राउ परेका साहले भने आफुले खानको लागि १५ सयमा किनेर ल्याएको बताएका छन् । पहिला बरफ विक्रि गर्ने क्रममा रतनपुर पुगेको र त्यहाँ गाँजा पाईने थाहा पाएर किनेर ल्याएको बताएका छन् ।





Post a Comment

 
Top