0

निजगढसमाचार, निजगढ, ५ असार
सिआईबीले आज सार्वजनिक गरेको नक्कली शैक्षिक प्रमाणपत्र धारी डाक्टरको सुचिमा बाराका दुई जना डाक्टर रहेको खुलासा भएको छ ।
बारा कलैयाका दिपेश पौडेल र रामकुमार प्रधान रहेका छन् । भत्तपुर बस्दै आएका पौडेल किष्ट मेडिकल कलेज ललितपुरमा कार्यरत थिए भने वीरगंज बस्दै आएका प्रधान नेशनल  मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पीटल काठमाण्डौंमा कार्यरत थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम सार्वजनिक गरेको छ । सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर सञ्चालन गरेको कारवाहीमा उनीहरु शुक्रबार पक्राउ परेका थिए ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरि आवश्यक कारवाही सुरु भएको सिआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति अनुसार काठमाडौंमा ८ पुरुष र ५ महिला गरी १३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सा दोस्रो स्थानमा छ । त्यहाँबाट ९ जना पुरुष डाक्टर पक्राउ परेका छन् । यसैगरी चितवनबाट ३, ललिपुरबाट २, धनुषाबाट २ सुनसरीबाट १, झापाबाट एक र कास्कीबाट एक जना पक्राउ परेका छन् । ट्रमा सेन्टरदेखि नर्भिक अस्पतालसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पाइएका छन् ।

Post a Comment

 
Top