0
निजगढसमाचार, निजगढ
बाराको निजगढ–८ स्थित बकैया सामुदायिक वन समुहका पूर्व अध्यक्ष पुरुषोत्तम घितालको घरको धारोमा गड्यौला भेटिएको घटना सार्वजनिक भए पछि निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ध्यानकर्षण भएको जनाएको छ । संस्थाका अध्यक्ष नारायण खड्काले पानीमा गड्यौंला भेटिएको घटना आश्चर्यजनक भएको बताए । निजगढ समाचारसंग टेलिफोनामा कुरा गर्दै अध्यक्ष खड्काले सडक निर्माणका क्रममा विभिन्न ठाउँका पानीका पाईपहरु फुटेको कारण अखाद्य बस्तु मिसिन सक्ने सम्भावना रहेको बताए । जथाभावि रुपमा पानीको पाईप काटेको कारण पानी वितरणमा समेत समस्या हुने गरेकाले त्यसको मर्मतको लागि आफुहरु लागि परेको बताए ।
‘हामीले हिजैदेखि प्राविधिक खटाईसकेका छौं,’ खड्काले भने–कहाँबाट मिसावट भएको हो पत्ता लगाएर सफा गर्ने काम सुरु हुन्छ ।
एक साता अघि घितालको घरमा भेट्टिएजस्तै गड्यौंला उनका छिमेकी विष्णु अधिकारी र राजु साहको घरको धारामा पनि भेटिएको छ । फुटेको पानीको पाईपको मर्मत थाल्दैछौं - अध्यक्ष खड्का निजगढसमाचार, निजगढ बाराको निजगढ–८ स्थित बकैया सामुदायिक वन समुहका पूर्व अध्यक्ष पुरुषोत्तम घितालको घरको धारोमा गड्यौला भेटिएको घटना सार्वजनिक भए पछि निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ध्यानकर्षण भएको जनाएको छ । संस्थाका अध्यक्ष नारायण खड्काले पानीमा गड्यौंला भेटिएको घटना आश्चर्यजनक भएको बताए । निजगढ समाचारसंग टेलिफोनामा कुरा गर्दै अध्यक्ष खड्काले सडक निर्माणका क्रममा विभिन्न ठाउँका पानीका पाईपहरु फुटेको कारण अखाद्य बस्तु मिसिन सक्ने सम्भावना रहेको बताए । जथाभावि रुपमा पानीको पाईप काटेको कारण पानी वितरणमा समेत समस्या हुने गरेकाले त्यसको मर्मतको लागि आफुहरु लागि परेको बताए । ‘हामीले हिजैदेखि प्राविधिक खटाईसकेका छौं,’ खड्काले भने–कहाँबाट मिसावट भएको हो पत्ता लगाएर सफा गर्ने काम सुरु हुन्छ । एक साता अघि घितालको घरमा भेट्टिएजस्तै गड्यौंला उनका छिमेकी विष्णु अधिकारी र राजु साहको घरको धारामा पनि भेटिएको छ ।
 

Post a Comment

 
Top