0

निजगढसमाचार, निजगढ
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषदमा २४ सदस्य नियुक्त गरेको छ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार पहिलो पटक सदस्य नियुक्त गरिएका हुन् । मन्त्रालयले गत फागुनमा माधव ढुंगेललाई परिषदको अध्यक्ष नियुक्त गरेको छ । ऐनअनुसार सदस्य नियुक्तिसँगै परिषद्ले पूर्णता पाएको छ ।
परिषद्मा नियुक्त पाउनेमा बाराका दुई जना छन् । प्रावधानअनुसार युवा सम्बन्धी संघसंस्थाबाट नियुक्ति बाराकी रुपा उप्रेती र मुस्लिम कोटाबाट बाराका विद्यार्थी नेता प्रवेज आलम अन्सारी छन् । परिषद्मा चार जना संघ संस्थाबाट नियुक्त भएका छन् । यसरी नियुक्त हुनेमा प्युठानका भावना भट्ट, इलामका टिका पौडेल, काठमाडौंका सुजित के.सी. छन् । त्यसैगरी आदिवासी जनजाति, मधेशी, दलित, अपाङगता भएका व्यक्ति, अल्पसंख्यक समुदाय वा पिछडिएको क्षेत्रबाट १४ जनालाई नियुक्त गरिएको छन् । नियुक्त गरिएहरुमा रौतहटका शैलेन्द्रकुमार चौधरी, सप्तरीका दुर्गानन्द ठाकुर, जुम्लाका टेकराज पछाइ,  ताप्लेजुङका क्षितिज थेबे, पाँचथरका धनराज तुम्बापो लगायतका छन् ।

Post a Comment

 
Top