0

निजगढसमाचार, निजगढ, २५ असार
युथ अफ निजगढको अध्यक्षमा खड्ग राज मैनाली सर्वसम्मत निर्वाचित भएका छन् । युथ अफ निजगढको आज सम्पन्न बैठकले मैनालीको अध्यक्षतमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
नव गठित कार्यसमितिको महासचिवमा उत्सव श्रेष्ठ, सचिवमा सागर थोकर, कोषाध्क्ष अशोक श्रेष्ठ रहेका छन् । समितिमा सुदिप तिमल्सिना, प्रलाद तिमलसिना, कमल पराजुली, राजन श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुशील घिमिरे, प्रकाश काफ्ले, रवि सापकोटा, शिव उप्रेती लगायत रहेका छन् ।
त्यस्तै सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष जनक श्रेष्ठ, भाईकाजी श्रेष्ठ र जीतलाल श्रेष्ठ रहेका छन् ।
नेतृत्व गर्ने बानीको विकाश गर्न र नव नेतृत्वको क्षमता बिकाश गर्न बार्षिक रुपमा नयाँ समिति गठन गर्ने परम्परा अनुसार नयाँ समिति गठन गरिएको युथ अफ निजगढका विशेष सल्लाहकार एवं निवर्तमान अध्यक्ष जनक श्रेष्ठले बताए ।

Post a Comment

 
Top