0
निजगढसमाचार, निजगढ
बाराको निजगढलाई क्रिकेटरको नगरीको रुपमा चिनाउने उद्देश्य सहित निजगढ क्रिकेट फाउन्डेसन गठन भएको छ ।
क्रिकेट रंगशाला निर्माण समितिका अध्यक्ष समेत रहेका पेमासिद्ध लामाको अध्यक्षता शनिबार १३ सदस्यीय फाउन्डेसन गठन गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाको विशेष पहलमा गठन गरिएको फाउन्डेसनले आगामी दिनमा क्रिकेट खेललाई हरेक विद्यालमा विकास गर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने योजना रहेको छ ।
नव गठित फाउन्डेसनको उपाध्यक्ष रविराज दंगाल, महासचिवमा बकैया निमाविका प्रअ हिमेश घिमिरे, सचिवमा रामप्रसाद ओझा, कोषाध्यक्ष नारायण प्रसाद उप्रेती छन् ।
त्यस्तै सदस्यहरुमा गोकुल घोरासाइने, महेश्वर अधिकारी, गणेश रायमाझि, शुसिल मैनाली, दिपेन्द्र श्रेष्ठ, हरिबहादुर शाही र पदेन सदस्यमा उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर लामा रहेका छन् ।

Post a Comment

 
Top