0
निजगढसमाचार, निजगढ
ईलाका प्रहरी कार्यालय निजगढले एक महिनाको अवधिमा ७ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला अदालत बाराबाट सजाय फैसला भई फरार सुचिमा रहेका अभियुक्तको खोजी अप्रेशन चलाएका प्रहरी निरीक्षक शुभाष गैरे नतृत्वको टोलीले जेठ २३ गते देखि असार २० सम्ममा ७ जना अभियुक्तलाई पक्राउ गरि अदालत पेश गरेको छ ।
प्रहरीले ज्यान मुद्दा, बलात्कारवन मुद्दा, बहुविवाह मुद्दामा दोषी फैसला भई फरार रहेका अभियुक्त पक्राउ गरेकोमा ६ जना जेल चलान भईसकेका छन् ।
प्रहरीले पक्राउ गरेका मध्ये अधिकांश निजगढ ४ पुरानो निजगढ कछडिया टोलका छन् ।
प्रहरीले सोमबार निजगढ–४ का कञ्चलाल कुवड कछडियालाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । बालिका बलात्कार मुद्दामा जिल्ला अदालतबाट तीन वर्ष कैद फैसला सुनाईएको छ । उनलाई आजै अदालतमा पेश गरि वीरगंज कारागार चलान गरिएको छ ।
त्यस्तै निजगढ ४ कै ५२ वर्षिय रामेश्वर प्रधान वन मुद्दाका फरार अभियुक्त हुन् । उनलाई २०६२ माघ १२ गते ६ महिना कैद फैसला भएको थियो ।
त्यस्तै वन मुद्दाको फरार अभियुक्त भएर पनि ५ वर्षदेखि कछडिया सामुदायिक वन समुहको अध्यक्ष रहदै आएका निजगढ–४ कै परदेशी कुमरलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका परदेशीलाई पनि ०६२ माघ १२ गते जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो ।
त्यस्तै सोही गाँउका अर्का परदेशी कुमर पनि प्रहरीले पक्राउ ग¥यो । आगुऔषध गाँजा मुद्दाका फरार अभियुक्तको सुचिमा रहेका उनलाई प्रहरीले पक्राउ गरि अदालतमा पेश भई अहिले कारागार चलान भईसकेका छन् ।
उनी विरुद्ध जिल्ला अदालत बाराले २०५७ साल मंशिर १२ गते एक वर्ष कैद र ५ हजार जरिवानाको सजाय सुनाएको थियो ।
सवारी ज्यान मुद्दाका फरार अभियुक्त निजगढ–५ का २६ वर्षिय धर्मप्रसाद बजगाईलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी विरुद्ध २०६५ फागुन २६ गते जिल्ला अदालतबाट दुई हजार जरिवाना तोकेको थियो ।
त्यस्तै निजगढ–७ का ३० वर्षिय श्याम साह सोनार बहुविवाह मुद्दामा पक्राउ परेका छन् । २०६८ चैत्र ६ गते एक वर्ष कैद र ५ हजार जरिवाना फैसला भएको थियो ।
त्यस्तै लागुऔषध मुद्दाका फरार अभियुक्त निजगढ–४ का ४८ वर्षिय मुन्ना मियाँलाई प्रहरीले पक्राउ गरेको छ । उनले ८ महिना चार दिन कैद भुक्तान गर्न बाँकी छ । उनको २२०५७ असार २८ गते अदालतबाट फैसला भएको थियो ।
यस अघि गुरु प्रसाद तिमल्सिनाको पालमा एक जना पनि फरार अभियुक्त पनि पक्राउ परेका थिएनन् । तर त्यस अघिका प्रहरी निरीक्षक पंकज चुडालीको पालमा एक जना फरार अभियुक्त पक्राउ परेका थिए । प्रहरीले काशी चौधरीलाई मंशिर २६ गते पक्राउ गरेको थियो ।

Post a Comment

 
Top