0

निजगढसमाचार, निजगढ, २४ असार
बाराको निजगढमा चोरीका घटनामा बृद्धि भए पछि नियन्त्रणको लागि यहाँका ब्यवसायिले ईलाका प्रहरी कार्यालय निजगढलाई सहयोगी सामाग्री सहयोग गरेको छ ।
 लोडसेडिङ्गको समयमा अध्यारोको मौका छोपेर चोरीको घटना हुन थालेपछि प्रहरीले रात्री गस्तीका क्रममा टाढैंबाट चोर समुह देख्न सकियोस भनेर बारा उद्योग वाणिज्य संघ निजगढ शाखाले विद्युतिय चार्ज लाईट सहयोग गरेको हो ।
 बारा उद्योग वाणिज्य संघ निजगढ शाखाका अध्यक्ष टेक बहादुर लामाले ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शुभाष गैरेलाई आज कार्यलयमा नै पुगेर एउटा टर्च लाईट हस्तान्तरण गरेका छन् ।
 हस्तान्तरण कार्यक्रमका लायन्स क्लब अफ निजगढ पीसका प्रेसिडेन्ट पद्म तिमल्सिना लगायत ब्यवसायि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । निजगढमा दुई साताको भित्र पाँच वटा चोरीका घटना भएका छन् ।

Post a Comment

 
Top