0
निजगढसमाचार, निजगढ
रामेछापका युवा गुणराज श्रेष्ठको पहिलो पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
हालै जनपक्षिय चलचित्र कलाकर्मी संघ रामेछापको अध्यक्षमा निर्वाचित गुणराजको स्वर र अभिनय समेत रहेको उसले पनि सोधिन मैले पनि खोजिन डाँडै काटी जाउँ... बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
गीतकार वि.पाण्डे स्वयंले निर्देशन गरेको सो भिडियोमा गुणराज श्रेष्ठलाई मेलिना राइले स्वरमा साथ दिएकी छिन् ।
भिडियोमा सृष्टी खड्का, किशोर खड्का र कन्चन के.सीले अभिनय गरेका छन् ।
नेपाली संगीतको क्षेत्रमा एकदशक देखि काम गर्दै विभिन्न चर्चित गीतहरूमा समेत संगीत गरेका संगीतकार सुवाष भूषालले संगीत गरेको दिएको भिडियोको गुनासो एल्बममा समावेश छ ।
भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् । गितको शब्द बी. पाण्डेले रचना गरेका      हुन् । अडियो रेकर्ड भने आर.बी. रेकडि· स्टुडियोमा गरिएको हो । भिडियोको सम्पादन सुरेश राउत र निर्देशन बी. पाण्डेले  म्यूजिक प्लसले गरेको हो ।
युट्युबबाट रिलिज गरेको गुनासो बोलको गीतले लोकप्रियता हासिल गरिरहेको छ । राजीव समरको कोरियोग्राफी र सुरेश राउतको सम्पादनमा गुनासोको म्युजिक भिडियोमा तयार भएको हो ।

Post a Comment

 
Top