0
 निजगढसमाचार, निजगढ
पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढ ८ स्थित असी विगाहा हुदैँ कछडिया टोल जाने असी विगाहा मार्गमा दुई सय १८ मिटर पक्की स्लाप ढलान सम्पन्न भएको छ ।
निजगढ नगरपालिका कार्यालयको आर्थिक सहयोग र स्थानीय उपभोक्ताको श्रम दानबाट २० फिट चौडाई र आठ ईन्च मोटाई भएको स्लाप ढलान भएको असी विगाहा बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष सुदर्शन दंगालले जानकारी दिए
बैशाख २५ गते देखि सुरु भएको सडक निर्माणमा निजगढ नगरपालिकाको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत रहेको छ ।
निर्माण भएको सडक कष्ण खरेलको घरदेखि असी विगाहा बजार जाने चोक सम्म स्लाप ढलान सकिएको हो ।
कुल लागत ३१ लाख रहेको सडक निर्माणमा नगरपालिकाको २१ लाख ७० हजार र उपभोक्ताको लागत सहभागिता नौं लाख ७० हजार रहेको समितिका अध्यक्ष दंगालले बताए ।
एक सय ४० मिटर सडको दुवैतर्फ पर्खाल बनाईएको छ । सडकको दुवैतर्फ गरि तीन सय ८० मिटर पर्खाल तीन फिट लग्लो र दुई फिट मोटाईमा ढुंगाको रहेको छ ।
सडक निर्माण कार्य यहि गतिमा संचालन भए दुई वर्षमा कछडिया टोल पुग्ने अनुमान गरिएको छ ।

Post a Comment

 
Top