0
निजगढसमाचार, निजगढ
विगत ९ वर्ष देखि संचालनमा रहेको निजगढको निजि क्षेत्रको तालिम तथा रोजगार प्रदायक संस्था कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा.ली. मा अहिले विभिन्न तालिम संचालन भईरहेको छ ।
केन्द्रमा महिलाका लागी अटोरिक्सा ड्राइभिङग तालिम, महिलाका लागि ब्यूटिपार्लर तालिम र डल (कुशन) बनाउने तालिम बनाउने तालिम संचालन भईरहेको छ ।
निजगढ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा संचालन भईरहेको तालिममा ४० जना महिला सहभागि छन् । निजगढमा वेरोजगार बसेका महिलाहरुलाई १५ दिने अटोरिक्सा ड्राइभि· तालिम संचालन भईरहेको छ । तालिममा १५ जना महिलाले आईतबार देखि अटो रिक्सा सिकिरहेका छन् ।
घरमा चुलो चौकामा मात्र सिमित रहेका दलित, जनजाती महिलालाई केन्द्रमा तालिममा सहभागिता गराईएको कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा.लि. निजगढका प्रवन्ध निर्देशक सरोज कोईरालालले बताए ।
यहाँ संचालित तालिमहरुको निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोख्रेलले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
सोमबार देखि सुरु भएको ब्यूटिपार्लर तालिम र डल बनाउने तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै कार्यकारी अधिकृत पोखरेलले तालिमलाई ब्यवहारमा उतार्न आग्रह गरेका छन् । त्यस्तै महिला नगर समन्वय समितिकी उपाध्यक्ष प्रमिला नेपालले तालिमलाई उपलब्धि मुलक बनाउन आग्रह गरिन् । केन्द्रका निर्देशक कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा तालिमका प्रशिक्षक विनिता कण्डेले मन्तब्य राखेकी थिईने भने कार्यक्रमको संचालन पुजा काफ्ले गरेकी थिईन् ।
१० जना सहभागि रहेको एक महिने आधारभुत ब्यूटिपार्लर तालिममा मनिषा लामा र गिता श्रेष्ठले प्रशिक्षण दिईरहेका छन् । यस अघि आईतबारबाट अटो रिक्सा ड्राईभि· तालिम सुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा यस कार्यक्रममा नेपाली कांग्रेसका सदस्य आशिष लामा रा.प्र.पा नेपाल निजगढ नगरकमिटी अध्यक्ष खड्क प्र उप्रेती उ.वा.संघ निजगढ शाखाका अध्यक्ष टेक वहादुर लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Post a Comment

 
Top