0
निजगढसमाचार, निजगढ
बाराको निजगढमा आईतबार महिला हिंसा सम्बन्धि एक दिने गोष्ठि सम्पन्न भएको छ । निजगढ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा निजगढ नगर महिला समन्वय समितिको आयोजनामा नगरपालिका कार्यालयको सभाहलमा कार्यक्रम भएको हो ।
नगरपालिकाका कार्यालयका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले गोष्ठिको उद्घाटन गरेका थिए ।
कार्यक्रममा महिला संघ निजगढ नगर अध्यक्ष मेनुका सिग्देल, अनेमसंघ निजगढका अध्यक्ष लक्ष्मी गौतम, अनेमसंघ क्रान्तिकारी निजगढका अध्यक्ष अरुणा वि.क.ले हिंसा न्यूनिकरणका विषयमा आफ्नो धारणा राखेका थिए ।
    समन्वय समितिका उपाध्यक्ष प्रमिला नेपालको अध्यक्षता र लिला खनालको सहजिकरणमा भएको कार्यक्रममा अन्र्तपाटी महिला संजाल निजगढकी अध्यक्ष डोल्मा लामाको उपस्थिति रहेको थियो ।
४० जना महिलाको सहभागिता रहेको कार्यक्रममा मिना लामाले प्रशिक्षण दिएकी थिईन् ।

Post a Comment

Top