0
पहिलो पटक कृषि मन्त्री हरिबोल गजुरेल आफुले नेतृत्व गरेको मन्त्रालयको सबैभन्दा तल्लो तहको निकायमा पुगेका छन् । बाराको निजगढ ८ स्थित कृषि सम्पर्क कार्यालयको आकस्मीक अवलोकन गरेका मन्त्री गजुरेल पहिलो पटक यस्ता कार्यलयमा पुगेको बताउँदै थिए । ‘आज मैले ठुलो अनुभव गर्न पाएँ, बस्तुस्थिति बुझ्ने मौका पाएँ ।’, मन्त्रीको गजुरेलले कार्यालयको सम्पूर्ण विवरण आफैंले टिपोट गरे ।
निजगढका माओवादी केन्द्रका नेताहरुको आग्रहमा त्यहाँ पुगेका मन्त्रीले वास्तविकता बुझ्ने मौका त पाए अब यहाँको समस्या समाधान हुने÷नहुने थाहाँ पाउन केहि समय कुर्नै पर्छ । जिर्ण भवनमा कार्यालय संचालन भईरहेको र त्यसको सामान्य मर्मत हुँदै गरेको पनि निरीक्षण गरेका मन्त्री गजुरेलले कर्मचारीको अवस्थाबारे पनि बुझे ।
हुन त उनी यहि कार्यालयको निरीक्षणका लागि मन्त्रालयबाट आएका भने होईन् । नेकपा माओवादी केन्द्रका सभासद् सत्यनारायण भगतकी छोरीको बैवाहिक कार्यक्रममा सहभागि हुन रौतहट जाने क्रममा मन्त्री गजुरेलले भवनको अवलोकन गर्दै कार्यालयका कर्मचारीको गुनासो सुनेका हुन् ।
कार्यालय प्रमुख साधुराम खरेलले कार्यलय जिर्ण अवस्थामा पुगेको र अहिले मर्मतको काम भईरहेको जानकारी गराए पछि कार्यालयको बोर्ड समेत किन नराखेको भनि प्रतिप्रश्न गरेका थिए । सरकारी कार्यालय भएर पनि सामान्य आवश्यक सुविधाबाट समेत यो कार्यालयका कर्मचारी बञ्चित हनु परेको पनि उनले आफैंले देखेका छन् । हुन त अहिले खानेपानी र शौचालयको समेत ब्यवस्था मिलाउने काम भईरहेको छ ।
२०४५ साल अघि सेवा केन्द्रका रुपमा संचालनमा रहेको कार्यायल सिम्रौनगढमा सारिएपछि सम्पर्क कार्यालयका रुपमा संचालन भईरहेको छ । मन्त्री गजुरेलले सेवा केन्द्रको रुपमा संचालनमा ल्याउन आफुले लागि पर्ने बताएका छन् ।
त्यसैले अब निजगढवासीले सेवा केन्द्रको रुपमा यसलाई संचालन गर्न पहल लिनु पर्दछ । कृषिमा आश्रित नगरवासी भएको निजगढमा सेवा केन्द्र हुँदा किसानले धेरै सेवा लिन सक्छन् । त्यसैले अब सेवा केन्द्रको रुपमा कार्यालयलाई संचालन गर्न सबैको ध्यान पुगोस् ।

Post a Comment

 
Top