0
निजगढसमाचार, निजगढ
निजगढ–८ औतारटोलका का ८ वर्षिय बालक टासी लामा योन्जनको उपचारको लागि विदेशी भुमिबाट पुनः आर्थिक सहयोग जुटेको छ ।
मृगौला पीडित बालकको उपचारको लागि अमेरिका बसोबास गर्ने विद्या सागर योन्जनले रु १४ हजार आठ रुँपैया आर्थिक सहयोग गरेका छन् ।
त्यस्तै बैदेशिक रोजगारीका क्रममा कोरियामा रहदै आएका युबा समाजसेवी हिरा लामाको पहलमा  रु ७० हजार सहयोग जुटेको छ ।
लामा रामेछाप जिल्ला लखन्पुर–९ घर भई हाल दक्षिण कोरिया रहेर विभिन्न सामाजिक संघ सस्था मा आवद्ध हुँदै मानवीय कल्याणकारी कार्यमा अग्रसर छन् ।
उनी नेपाली कांग्रेस बिदेश स्थित भातृ संगठन दक्षिण कोरिया जन समपर्क समितको बिदेश बिभाग प्रमुख समेत हुन् ।
आर्थिक कमजोर अवस्थाका बाब्जुद दिल्ली राजिब गान्धी अस्पताल उपचाररत बालकको उपचारको लागि युवा नेता पेमा सिद्धी लामाको पहलमा यो रकम सहयोग जुटेको हो ।
कोरिया स्थित डिएमे तामाङ संघ, तथा ब्यक्तिगत तर्फबाट  , मणि चन्द्र चेम्जोङ, आस्था बिन्दु मल्ल, शुक थापा, गोबिन्द प्रसाद पाण्डे, सङगीत अधिकारी, मोहन पण्डित, रोशन शर्मा पौडेल, मोहन लामा, मदन लाल श्रेष्ठ, बिश्वास ब्लोन, रबि लामा, नीर लामा, फुर्सङ लामा, प्रदिप लामाले आर्थिक सहयोग गरेको सहयोग संकलन अभियानका पेमा सिद्धी लामाले जानकारी दिए ।

Post a Comment

 
Top