0

निजगढसमाचार, निजगढ
टागियाबस्ती सरोकार समिति नेतृत्व विहीन भएको छ ।
टागियाबस्ती सरोकार समितिलाई लामो समयदेखि नेतृत्व गर्दै आएका समितिका अध्यक्ष रमेश सापकोटाले राजिनामा दिएका छन् ।
अध्यक्ष सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै समितिबाट राजिनाको घोषणा गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन–‘आजको मितिबाट मैले टाँगियाबस्ती सरोकार समितिबाट राजिनामा दिएको छु । म पदमा रहदा सहयोग गर्नु हुने मेरा शुभचिन्तक, सुभेच्क्षुक सबै साथिहरुमा आभार प्रकट गर्न चाहान्छु ।’
राजिनामा अघि अध्यक्ष सापकोटाले लेखेको स्टाटसकै कारण आलोचित भएपछि पद छाडेको अनुमान गरिएको छ ।
राजिनामा दिनु अघि यस्तो लेखेका थिए–आदार्णीय टाँगियाँबासी साथिहरु तथा राजनितिक दलका साथिहरुमा म रमेश सापकोटाको तर्फबाट नमस्कार । यस बस्तीमा नेपाल सरकारको निर्णय वमोजिम दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रकृया समेत अगाडी बढाउदा पनि चुचाप लागेर वसेका छौ, वनमन्त्री समेतले लविङको लागि अगाडी बढन सुझाव दिदा दिदै पनि केही गर्न सकिरहेको अवस्था छैन । मैले शिर्ष नेताहरुको समय लिई सुरेश दाईले, श्रीकृष्ण तिमल्सिना, अनिल दाई, पुरुषोत्तम दाई लगायतले समय लिई लविङको लागि पहल गर्छु भन्दा भन्दै पनि हामीले स्थानीय स्तरमा काठमाण्डौ जाने चाँजोपाजो समेत मिलाउन सकिरहेका छैनौं । फेरी यस्तो नहोसकी माझँीको उखान जस्तो सल्लाह गर्दा गर्दै सात घर डुबे जस्तो सवैलाई चेतना जागोस ।
सापकोटाले यस्तो स्टाटस लेखेपछि उनी विरुद्ध नकारात्मक टिप्पणी सुरु भएको थियो ।
पटक–पटक पैसा उठाउने तर हिसाब सार्वजनिक नगर्ने भन्दै सापकोटाको आलोचना गर्दै टिप्पणी हुन थालेपछि राजिनामा दिने मनस्थितीमा पुगेको अनुमान गर्न सकिन्छ ।
सापकोटाको अप्रत्यासीत राजिनामा फिर्ता लिन धेरैले आग्रह गरेका छन् । फेसबुकमा टिप्पणी लेख्दै गढीमाई–१६ पिलुवाका केदार बजगाईले संकटको समयमा राजीनामा दिनु गलत हुन सक्छ भन्दै अप्ठ्यारोमा साथ नछोड्न आग्रह गरेका छन् ।
त्यस्तै निजगढ सार्वजनिक सरोकार समितिका सचिव रविराज दंगालले निर्णय पुर्नविचार गर्न आग्रह गरेका छन् ।
तर सापकोटाले भने फेरी निराशाजनक स्टाटस लेखेका छन् । उनले लेखेका छन–‘किन गर्छन् मलाइ घोचपेच ? मैले त टाँगियाको भलो नै गरेको थिए त ।’
त्यस अघि सापकोटाले लेखेका थिए–मान्छेलाइ नचिताएको कुरा हुदो रहेछ । मलाइ त्यस्तै भएको छ, सबैको भलो हुने काम गर्न खोज्यो उल्टै आरोप, दोष मात्रै लाग्ने गर्छ, लौ अब कसैको लागि केहि पनि नगर्ने, जे–जे होला होला ।
सरकारले टाँगियाबस्तीमा दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल बनाउने तयारी गरेको छ ।
सरकारी जग्गामा बसोबास गर्दै आएका टाँगियाबासी आफ्ना विभिन्न माग राख्दै आएको टाँगिया सरोकार समिति निर्णायक अवस्थामा नेतृत्व विहीन भएको छ ।
सरकारले नम्बरी जग्गाको अधिग्रहण प्रकृया सुरु गरिसकेको अवस्थामा सरकारी जमिनमा बसोबास गर्दै आएका स्थानीयको विषयमा कुनै पनि निर्णय लिएको छैन् ।  स्थानीय उचित ब्यवस्थापन नगरे सरकारसंग अधिकारको लागि लड्ने शसक्त समिति नेतृत्व विहीन भए पछि चिन्नित बनेका छन् ।

Post a Comment

 
Top