0

निजगढसमाचार, निजगढ, २५ असार
बाराको निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन समुहले आफ्नो उपभोक्तालाई आज फलफुलको विरुवा निःशुल्क वितरण गरेको छ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम र जिल्ला कृषि कार्यालयको विशेष सहयोगमा समुहलाई प्राप्त भएको विरुवा वितरण गरेको हो ।
समुहले उपभोक्तलाई घरधुरिलाई एक–एक आप, लिच्चि र अम्बाको करिब दुई हजार विरुवा वितरण गरिएको बकैया नागमणी सामुदायिक वन समुहका अध्यक्ष रबिराज दंगालले जानकारी दिए । विरुवा कृषि सम्पर्क कार्यालयका प्रमुख साधुराम खरेलले समुहका अध्यक्ष दंगाललाई हस्तान्तरण गरेका छन् ।

Post a Comment

 
Top