0
निजगढसमाचार, निजगढ, असार २८ गते २०७३
जिल्ला कृषि विकास कार्यालयले निःशुल्क उपलब्ध गराएको फलफुलको विरुवा बागदेवस्थित सुन्दर जनजागृती सामुदायिक वन उपभोक्ता समुहले विक्रि गरेको खुलासा भएको छ ।
राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम र जिल्ला कृषि कार्यालयको विशेष सहयोगमा समुहलाई उपलब्ध गराईएको विरुवा उपभोक्तालाई प्रति विरुवा  रु. १० का दरले विक्रि गरेको स्थानीय उपभोक्ताले बताएका छन् ।
कार्यालयले समुहलाई आपँ, लिच्ची र अम्बा गरि एक हजार विरुवा उपलब्ध गराएको थियो । समुहका अध्यक्ष नारायण प्रसाद गौतमले कार्यालयको मसलन्द खर्चको लागि विरुवा विक्रि गरेको बताए ।
‘उपभोक्ताले अपनत्व गरुन भनेर पनि विरुवा केहि शूल्क लिएर विरुवा वितरण गरेका हौं, अध्यक्ष गौतमले भने–कृषिसंग सल्लाह गरेर अघिल्लो वर्ष पनि यसै गरि वितरण गरेका थियौं ।’ 
यता कृषि सम्पर्क कार्यालयका प्रमुख साधुराम खरेलले निःशुल्क वितरण गर्न दिएको विरुवा विक्रि गर्न नपाईने बताएका छन् । 
‘हामीसंग विरुवा विक्रि गर्ने विषयमा कुरै हुन सक्दैन,’ खरेलले भने–यदि विक्रि गरेको भए उपभोक्तलाई पैसा फिर्ता गर्नुपर्छ । विरुवा बेच्ने कुनै आधार नै नभएको प्रमुख खरेलले बताए ।
यसैविच निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन समुहले आफ्नो उपभोक्तालाई  फलफुलको विरुवा निःशुल्क वितरण गरेको छ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम र जिल्ला कृषि कार्यालयको विशेष सहयोगमा समुहलाई प्राप्त भएको विरुवा वितरण गरेको हो ।
समुहले उपभोक्तलाई घरधुरिलाई एक–एक आप, लिच्चि र अम्बाको करिब दुई हजार विरुवा वितरण गरिएको बकैया नागमणी सामुदायिक वन समुहका अध्यक्ष रबिराज दंगालले जानकारी दिए । विरुवा कृषि सम्पर्क कार्यालयका प्रमुख साधुराम खरेलले समुहका अध्यक्ष दंगाललाई हस्तान्तरण गरेका      थियो  । ‘हामीले तीन ठाउँबाट विरुवा वितरण गरेका छौं,’ अध्यक्ष दंगालले भने–‘समुहकै खर्चमा ढुवानी गरेर खयरघारी, औतारटोल र न्यौपाने टोलबाट विरुवा निःशुल्क वितरण गरेका हौं ।’ 
त्यस्तै निजगढ–७ स्थित जनहित सामुदायिक वन उपभोक्ता समुहले पनि ४ सय विरुवा निःशुल्क वितरण गरेको समुहका अध्यक्ष बासुदेव तिमल्सिनाले जनाए । त्यस्तै निजगढ–१० लाल स्थित जनहित वन समुहले दुई सय विरुवा निःशुल्क वितरण गरेको स्थानीय कुमार मोक्तानले बताए । जिल्ला कृषि कार्यालय बाराले निजगढ नगरपालिका भित्रका ७ वटा सामुदायिक वन समुहलाई ६ हजार ८ सय विरुवा वितरण गरेको छ ।  

Post a Comment

 
Top