0

निजगढसमाचार, निजगढ, असार २८ गते २०७३
बाराको निजगढमा असार ३० गते डोर टु डोर जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
निजगढ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा तेक्वान्दो जिल्ला कार्य समिति बाराको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
बारा जिल्लाको महिला र पुरुष गरि ८/८ वटा तौल समुहको विचमा हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको तेक्वान्दो जिल्ला कार्य समिति बाराका अध्यक्ष गुरुप्रसाद गौतमले जानकारी दिए ।
प्रतियोगितामा बाराको कलैया, बसतपुर, प्रसौनी, डुमरवाना, सिमराको बजनी, निजगढको बजार, बागदेव, होली एन्जल्स, आदर्श हिमचुली, सिंगौल गरि १० वटा डोजाङ्गको सहभागिता रहने अध्यक्ष गौतमले जानकारी दिए ।
नयाँ खेलाडी उत्पादनका गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ठ हुने खेलाडीले डोर टु डोर राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाउने छन् ।
असार २९ गतेसम्म खेलाडी छनौंट लगायतका काम गर्ने र ३० गते प्रयोगिता संचालन गर्ने समितिको तयारी छ । 

Post a Comment

 
Top