0

निजगढसमाचार, निजगढ, असार २८ गते २०७३
नेपाल प्रहरीले आजदेखि थालेको ‘प्रहरी मेरो साथी’ अभियान बाराको निजगढमा पनि सुरु गरेको छ ।
ईलाका प्रहरी कार्यालय निजगढले सरसफाई र चेतना मुलक कार्यक्रम गरेर अभियान सुरु गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक शुभाष गैरेले बताए ।
प्रहरी निरीक्षक गैरे नेतृत्वको प्रहरी टोली निजगढ–८ बजार स्थित मन्दिर भएको चौतारोको सरसफाई गरेको छ ।
चौतारोको सरसफाईमा गैरे सहितको प्रहरी टोलीले कुच्चोले बाडारेर सफा बनाए पछि स्थानीय दङ्ग परेका छन् ।
अभियानको बारेमा तयार पारिएको गित बजाउँदै प्रहरी निरीक्षक गैरेले राजमार्गको विभिन्न स्थानमा उभिएर सक्षिप्त रुपमा सम्बोधन गरेका थिए ।
चोरी, ठगी, लागु औषध र मदिरा सेवन गरेर सवारी चलाउँदा ब्यक्ति परिवार र समाजले भोग्नु परेको समस्या प्रति सचेतना मुलक उपायहरु बारे प्रहरी निरीक्षक गैरेले सुझाएका थिए ।
यस्ता समस्या समाधानका लागि प्रहरी कार्यालय सहकार्य गर्न तयार रहेको भन्दै सहकार्य गर्नका लागि प्रहरी निरीक्षक गैरेले स्थानीयलाई आग्रह गरेका थिए ।
अभियानलाई निरन्तराता दिदै लैजाने भन्दै प्रहरी निरीक्षक गैरेले नगर भित्रका विभिन्न मठमन्दिर, सार्वजनिक चोक चौतारोको सरसफाई र जनचेतना मुलक कार्यक्रम आयोजना गर्दै जाने बताए ।
सरकारको आव २०७२/७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा सञ्चालनमा आएको छ ।

Post a Comment

 
Top