0
निजगढसमाचार, निजगढ, असार २८ गते २०७३
आगामी आर्थिक वर्षमा निजगढ नगरपालिकाको आन्तरिक आयमा बृद्धि हुने भएको छ ।
नगरपालिकाले लगाउने विभिन्न ठेक्काबाट प्राप्त हुने राजश्वमा बृद्धि भएसंगै आन्तरिक आय  बढ्ने भएको हो ।
व्यवसायीबीच प्रतिस्पर्धा भएपछि निजगढ नगरपालिकाले आगामी आर्थिक बर्षको लागि बढाबढमा गरेको हाट बजार र विज्ञापन होडिङ्ग बोर्ड ठेक्का रकममा यो बर्ष उल्लेख्य वृद्धि भएको छ । 
गत बर्ष ९ लाख ९२ हजारमा लागेको निजगढ हाट बजार ठेक्का यो बर्ष १३ लाख ५ हजार रुपैयामा सकार भएको कार्यालयका लेखा अधिकृत राजेन्द्र कार्कीले जनाए ।
त्यस्तै रतनपुरी र भरतगंज सिगौल हाट बजार ठेक्का र विज्ञापन होडिङ्ग बोर्डको ठेक्का रकम पनि उल्लेख्य वृद्धि भएको र अघिल्ला बर्षमा २५ हजार रुपैयमा लागेको होडिङ्ग बोर्ड ठेक्का हरेक बर्ष १० प्रतिशतले रकम थप हुने गरी ५ सालको लागि यसपटक १ लाख १५ हजार रुपैयामा लागेको छ । 
त्यसैगरी नपाले पहिलो पटक लगाएको फोहोर मैला व्यवस्थापन शुल्क ठेक्का ३ लाख ९ हजार ९  सय ९९ रुपैयामा लागेको छ । 
फोहोर मैला व्यवस्थापन शुल्क अन्तरगत निजगढ क्षेत्रबाट बिक्री वितरण भएको चौपायको लागि नपाले ठेक्का लगाएको हो । 
नपाले दुई साताअघि सुचना प्रकाशित गरी स्थानीय शासन ऐन ०५५ र स्थानीय स्वायत्त शासन नियमावली ०५६ अनुसार ठेक्काको बन्दोबस्त गरको थियो । 
त्यस्तै नगरपालिकाले पहिलो पटक सार्वजनिक संरचनाम मर्मत शूल्क उठाउने ठेक्का लगाउने तयारी गरेको छ ।
राजश्व परामर्श समितिको निर्णय अनुसार १९ लाख ५१ हजार एक सय १ रुपैयामा ठेक्का लगाउने तयारी कार्यालयले गरेको छ । 

Post a Comment

 
Top