0

ईलाका प्रहरी कार्यालय निजगढमा अहिले निकै चहलपहल छ । एक महिनाको अवधिमा ७ जना बढी फरार अभियुक्त पक्राउ देखि एक दर्जन हराहारीमा चोरीका मोटरसाईकल बरामद् सम्मका गतिविधिका कारण कार्यालयमा चहलपहल बढेको हो ।
कार्यालयमा करिब दुई महिना अघि आएका कार्यालय प्रमुख प्रहरी निरीक्षक शुभाष गैरे आए यता प्रहरी कार्यालयमा गतिविधि बढेको हो । 
जिल्ला अदालत बाराबाट सजाय फैसला भई फरार सुचिमा निजगढ नगरपालिका भित्रका एक सय हाराहारीमा अभियुक्त डुलिरहेका छन् । त्यसमध्ये प्रहरीले केहिलाई पहिचान गरि पक्राउ पछि अदालतमा हाजिर गराई सकेको छ । तीनिहरु जरिवाना बुझाउनेहरु बुझाएर छुटिसकेका छन् भने कैद सजाय काट्न बाकि भएकाहरु कैद भुक्तानीका लागि वीरगंज कारागार चलान भएका छन् । प्रहरीले ज्यान मुद्दा, बलात्कारवन मुद्दा, बहुविवाह मुद्दामा दोषी फैसला भई फरार रहेका अभियुक्त पक्राउ गरेकोमा ६ जना जेल चलान भईसकेका हो ।
अभियुक्तको खोजी अप्रेशन चलाएका नतृत्वको टोलीले जेठ २३ गते देखि असार २० सम्ममा ७ जना अभियुक्तलाई पक्राउ गरि अदालत पेश गरेको थियो । त्यस्तै सोमबारसम्ममा विभिन्न स्थानबाट चोरी गरि ल्याईएका १२ बटा मोटरसाईकल पक्राउ गर्न सफल भएको छ ।
यस अघिका कार्यालय प्रमुख प्रहरी निरीक्षक पंकज चुडालीको बाहेक अरुको कार्यकालमा फरार अभियुक्त पक्राउ परेनन् । कार्यालयमा अभियुक्तहरुका रेकर्ड राखिएका हुन्छ तर त्यसलाई पल्टाउने कि न पल्टाउने यो भने कार्यलय प्रमुखको इन्ट्रेष्टमा भर पर्ने गरेको छ । यसकै उद्धारण हो अहिले भटाभट अभियुक्तहरु पक्राउ पर्नु । त्यसैले कुनै पनि कार्यालयको एउटा प्रमुख मात्र क्रियाशिल हुने हो भने पक्कै पनि त्यसले परिणाम निकाल्छ । त्यसमाथि प्रहरी कार्यालय जस्तो संवेदनशील कार्यालयका प्रमुखको क्रियाशिलता र तदारुकता अझ बढी महत्वपूर्ण हुन्छ । आदेश चल्ने कार्यालयमा प्रमुख सक्रिय बन्दा सम्पूर्ण युनिट नै सक्रिय हुन्छ यसले उपलब्धि मुलक परिणाम ल्याउने कुरा अहिले ईलाका प्रहरी कार्यालयका प्रमुख प्रनि गैरेको टिमले अनुभुति दिएको छ । 

Post a Comment

 
Top