0

निजगढसमाचार, निजगढ
बाराको निजगढमा नेपाल राष्ट्रिय शौन्र्दयकर्मी युनियन नेपालको  ईकाई तदर्थ कमिटि गठन भएको छ ।
सन्तोषी ब्यूटिपार्लकी संचालिका रमा कार्कीको अध्यक्षतामा ९ सदस्यि कमिटि गठन भएको हो । नव गठित कमिटिको उपाध्यक्षमा मनमाया तामाङ्ग, सचिव सपना मगर, कोषाध्यक्ष शुष्मा पाण्डे छन् ।
त्यस्तै सदस्यहरुमा बुद्धलक्ष्मी लामा, निर्मला उप्रेती, गिता श्रेष्ठ र हरीमाया तामाङ्ग छन् । त्यस्तै कमिटिको सल्लाहकारमा कुशल ब्यूटिपार्लर ट्रेनिङ्ग सेन्टरका सरोज कोईराला चयन भएका छन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय शौन्र्दयकर्मी युनियन नेपालका केन्द्रिय सदस्य अस्मिता श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शौन्र्दयकर्मी युनियन नेपाल बारा जिल्ला अध्यक्ष विना पराजुली, उपाध्यक्ष पावर्ता पराजुली लगायतको उपस्थित रहेको थियो ।

Post a Comment

 
Top