0
निजगढसमाचार, निजगढ
सम्भवत: दुई नम्बर प्रदेशकै पहिलो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । 
बाराको निजगढ र मकवानपुरको छतिवन जोड्ने मोहरी स्थित लालबकैया खोलामा निर्माणा भएको झोलुङ्गे पुल संचालनमा आईसकेको छ । विदेशी सहयोगमा जिल्ला विकास समिति बारा मार्फत ठेकेदार धनपति तिमल्सिनाले निर्माण जिम्मा पाएको पुलको अधिकांश काम सकिएको छ । अहिले पुलको सपोर्ट लठ्ठा र टुचिन लगाउने काम सुरु भएको छ ।
पर्यटकीय गन्तब्यको रुपमा विकाश भईरहेको मोहोरीमा झोलुङ्गे पुल निर्माण भए पछि पर्यटकलाई थप आकर्षित गर्ने पर्यटन ब्यवसायि युवराज लामाले बताए । ‘झोलुङ्गे पुलले तराई सहित भारतीय पर्यटकका लागि आकर्षित गर्न मद्दत पुग्छ’, निजगढ क्षेत्रको पर्यटकीय गन्तब्य पहिचानको लागि शनिबार मोहोरीको अवलोकनमा पुगेका चलचित्र निर्माता समेत रहेका लामाले मोहरीमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।
पुल संचालनमा आए पछि छतिवन ९ र निजगढ १० लालका स्थानीयलाई आवतजावतमा सजिलो भएको नेकपा माओवादी केन्द्र लालका नेता कुमार मोक्तानले   बताए । ‘वर्षायामा खोला तर्न समेत धेरै जोखिम थियो’, मोक्तानले भने यसबाट मुक्त भए पछि स्थानीय बासिन्दा खुशी भएका छन् । पुल बनेपछि लालका स्थानीयलाई प्रशासनिक कामकाजको लागि र छतिवनका स्थानीयलाई किनमेलका लागि निजगढ बजार आउन सजिलो भएको छ । पूर्वपश्चिम राजमार्ग पुग्न छतिवन लगायत धियाल, जसपालका स्थानीयलाई हिउँद, वर्षामा लालबकैया खोला तर्न सहज हुने भएको छ ।
दुई वर्ष अघि निर्माण सम्पन्न भईसक्नु पर्ने भए पनि स्थान छनोटसंगै प्राविधिक कारणले काम अघि बढ्न सकेको थिएन । पुल निर्माणका लागि एक वर्ष अघि नै लठ्ठा, फलाम लगायत आवश्यक समान आई पुगेपनि काम भने दुई महिना अघिबाट मात्र सुरु भएको   हो । पुलको नक्शा, अनुमानित लागत स्टीमेट दुई महिना अघि मात्र आफुले पाएको ठेकेदार धनपति तिमल्सिनाले बताए ।
पुल निर्माणमा ढिलाई भएको गुनासो आए पछि केहि महिना अघि बाराका स्थानीय विकास अधिकारी नारायण प्रसाद पाण्डे लगायतको टोलीले निरीक्षण गरेर पुरानो ठाँउबाट केहि मिटर माथि लगेर बनाउन निर्देशन दिएसंग निर्माण कार्य अघि बढेको हो । करिब १ करोड १० लाख लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । 
    पुल निर्माणको लागि ला तान्न नेपाली सेनाको चन्द्रनाथ गणले सहयोग गरेको थियो । ला तान्न बुधवार गणका सहसेनानी चिरञ्जीवी बोहरासहितको टोली, स्थानीय गाउँलेले सहयोग पु¥याएको ठेकेदार तिमल्सिनाले बताए । 

Post a Comment

 
Top