0
निजगढसमाचार, काठमाडौं, २८ असार
सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यससँगै ओली सरकार संकटमा गरेको छ ।
  माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । स्रोतका अनुसार प्रचण्डले ‘मैले ९सरकारलाई दिएको समर्थन फिर्ता लिने० निर्णय गरेँ’ भनेर पार्टीका नेताहरुले सन्देश पठाएका छन् ।
  वनमन्त्री अग्नि सापकोटाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पुष्टि गरे ।
प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पार्टीका नेता नेता जनादर्न शर्मा प्रभाकरलाई दिएका छन् । उनी पत्र बोकेर प्रधानमन्त्री कार्यालय बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन् ।
  विहान भएको दुई दलको बैठकमा माओवादीले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लिखित रुपमै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने र काग्रेसले समर्थन गर्ने प्रतिबद्धता ब्यक्त गरेको जानकारी दिए ।

Post a Comment

 
Top