0
निजगढसमाचार, निजगढ, २९ असार
प्रहरी साथी अभियान अन्र्तगत बाराको निजगढमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बाराको निजगढ–८ स्थित नव निर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा परिषरमा विभिन्न प्रजातिका फलफुलका विरुवा बृक्षारोपण गरिएको हो । 
बृक्षारोपण उद्घाटन कार्यक्रममा मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाँई, निजगढ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विमल कुमार पोखरेल, निजगढ गाविसका पूर्वउपाध्यक्ष अम्बिका चौलागाई, ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समितिका अध्यक्ष सुरेश कुमार खनाल, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शुभाष गैरे लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रविराज दंगाल, नेपाली कांग्रेस निजगढका सभापति महेशी कुमर, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नारायण खड्का लगायतको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रमेश प्रधानको अध्यक्षता तथा भाईकाजी श्रेष्ठको संचालनमा भएको हो ।

Post a Comment

 
Top