0
निजगढसमाचार, निजगढ, ३० असार
बाराको निजगढमा आज डोर टु डोर जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
निजगढ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा तेक्वान्दो जिल्ला कार्य समिति बाराको आयोजनामा निजगढ–९ स्थित आर्दश हिमचुली बोडिङ्ग स्कुल परिषरमा प्रतियोगिता सुरु भएको हो ।
बारा जिल्लाको महिला र पुरुष गरि ८/८ वटा तौल समुहको विचमा हुने प्रतियोगिताको निजगढ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले खेलाडीलाई हेडगार्ड दिएर उद्घाटन गरेका छन् ।
तेक्वान्दो जिल्ला कार्य समिति बाराका अध्यक्ष गुरुप्रसाद गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रशिक्षक मुख्य निर्णायक विजय शाह, अन्र्तराष्ट्रिय प्रशिक्षक जितसिंह लामा, प्रशिक्षक हेमलाल श्रेष्ठ, मानबहादुर लामा, गणेश लामा, सुनिल पाण्डे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रबिराज दंगाल, प्रतियोगिताको मिडिया सपोर्टर निजगढसमाचार साप्ताहिकका कार्यकारी सम्पादक महेश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा बाराको कलैया, बसतपुर, प्रसौनी, डुमरवाना, सिमराको बजनी, निजगढको बजार, बागदेव, होली एन्जल्स, आदर्श हिमचुली, सिंगौल गरि १० वटा डोजाड्डका एक सय जना खेलाडी सहभागिता रहेको अध्यक्ष गौतमले जानकारी दिए ।
नया“ खेलाडी उत्पादनका गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ठ हुने खेलाडीले डोर टु डोर राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाउने छन् । प्रतियोगिताको आजै समापन हुने छ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले प्रतियोगिताका विजयी खेलाडीलाई मेडल वितरण गर्ने छन् ।

Post a Comment

 
Top