0
निजगढसमाचार, निजगढ
बारा निजगढकी महिला नेतृ सिता कुमारी मैनाली नेपाल महिला संघ बाराको अध्यक्ष भएकी छिन् ।
संघको कलैयामा गत मंगलबार सम्पन्न तेसा्रे जिल्ला अधिवेशनबाट कांग्रेस नेतृ मैनाली दोसा्रे कार्यकालका लागि निर्विरोध रुपमा चयन भएकी हुन् ।
नेपाली कांग्रेसको भातृसंगठनको रुपमा रहेको महिला संघको जिल्ला समितीको सचिवमा सबिता सिह, कोषाध्यक्षमा भिमादेवी  शर्मा पौडेल चयन भएकी छिन् ।
प्रमुख निर्वाचन अधिकृत  प्रल्लहाद गौतमका अनुसार बारा जिल्लाको  ६ वटा निर्वाचन क्षेत्रबाट ५/५ जना रहने गरी ३३ जनाको कार्यसमिती चयन गरिएको छ ।
क्षेत्र नं. ६ बाट निजगढकी गंगा शिवकोटी सहित प्रभादेवी बातर, मुन्ना खरेल, रिता रायमाझि र तुलसी तिवारी जिल्ला सदस्यमा निार्वचित भएकी छन् । 
अधिवेशनमा बारा जिल्लाका ३ सय १ महिला प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 
नव निर्वाचित पदाअधिकारीहरुलाई मंगलबार नै प्रमुख निर्वाचन अधिकृत गौतमले प्रमाण–पत्र बितरण सहित पद तथा गोपनियताको सपथ खुवाएका छन् । 
अधिवेशनको एक समारोहका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य फरमुल्लाह मंसुरले उद्घाटन गरेका थिए ।
कार्यक्रममा सांसद राधेचन्द्र यादव, सांसद मधु शाही, महिला संघका केन्द्रिय सदस्य तथा केन्द्रिय पर्यवेक्षक अम्बिका न्यौपाने, तरुण दलका जिल्ला अध्यक्ष लुकेश सिह, महिला नेतृ नारायणी रायमाझी लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

Post a Comment

 
Top