0

निजगढसमाचार, निजगढ

बारा गढीमाई–१६ पीलुवाकी सरस्वती अर्याल एक वर्ष देखि बेपत्ता आफ्नो पति खोज्दै भौतारिएकी छिन् ।
दास्रो मधेस आन्दोलनताका २०७३ बैशाख १९ गते ट्रयाक्टर चलाउन घरबाट जनकपुर हिँडेका ३२ वर्षिय कुमार भनिने नारायण प्रसाद अर्याल अझैं अत्तोपत्तो छैन् ।
   उनले बोकेको ९८१२२१६३६७ नम्बरको मोवाईल सोही दिन देखि नै सम्पर्क विहीन छ ।
आफैले लिएर गएका स्थानीय फुर्वा कान्छा तामाङ्गसंग जनकपुर पुगेका नारायण हराएको खबर माघ २१ गते छोरीमार्फत घरमा खबर पु¥याएका थिए ।
खबर पाएको भोली पल्ट सरस्वती पति खोज्न जनकपुरको ढल्केबर पुगिन् । ढल्केबरको प्रहरी कार्यालयमा निवेदन दिन पुगेकी सरस्वतीलाई उल्टै प्रहरीले कार्यालयमा दर्ता भएको पति फरार सम्बन्धि निबेदन बारे सोधपुछ गरे ।
नारायण ट्रयाक्टरको बिलबुक र लाईसेन्स लिएर फरार भएको भनी ट्रयाक्टर धनीले प्रहरीमा निवेदन दर्ता गराएका रहेछन् ।
ट्याक्टर साहुलाई उद्धृत गर्दै सरस्वतीले भनिन–खोलाबाट बालुवा लोड गरिएको ट्याक्टर ढल्केबरको पेट्रोल पम्पमा आएपछि रात परेका कारण साहुको भतिजको घर अगाडी राखेको र सोही ट्याक्टरमा सुत्नु भएको रहेछ, उनले भनिन्–‘त्यस रात देखि नै मेरो श्रीमान् बेपत्ता हुनुहुन्छ ।’ ९ महिना देखि हराईरहेका श्रीमानको खोजीका लागि उनले पटक–पटक गुहार माग्दा समेत प्रहरीले चासो नदिएको सरस्वतीको गुनासो छ ।
एक छोरा र एक छोरीकी आमा सरस्वतीको विचल्ली भएको छ ।  १२ हजार तलब पाउने आशामा घरबाट २ हजार खर्च बोकेर हिँडेका नारायणको अहिलेसम्म सम्पर्क हुन सकेको छैन् । उनको आफ्नो पति खोजी गरि दिन सञ्चारकर्मी र मानव अधिकारकर्मीसंग अनुरोध गरेकी छिन् । ‘कतै हुनुहुन्छ भने हाम्रो परिवार बिचल्लतीमा छ भन्ने सम्झेर आउनु हुनेछ,’ आखा भरि आँशु टिलपिल पार्दै सरस्वतीले भनिन्–मैले अझैं आशा मारेकी छैन् । उनल आफ्नो पति भेट्नेले उनको ९८०६८८५००७ वा ९८०४२१२७२१ मा सम्पर्क गरिदिन आग्रह गरेकी छिन् ।
 

Post a Comment

 
Top