0

निजगढसमाचार, निजगढ, १ फागुन ।

२२ औं जनयुद्ध दिवस बाराको निजगढस्थित सिगौंलमा मनाईएको छ । माओवादीले २०५२ फाल्गुन १ गते शसस्त्र युद्ध शुरु गरेको सम्झनामा नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीले भरतगञ्ज सिगौंलमा जनयुद्ध दिवस मनाएको हो ।
कार्यक्रममा शहीद परिवारलाई दोसल्ला लगाएर सम्मान गरिएको थियो । जनयुद्धका शहीद छिरिङ्ग गोले, दर्शन सापकोटा, कनक बहादुर जिम्बा, धिरन सापकोटा, अटल, सबिनाका परिवारलाई बरिष्ठ चलचित्रकर्मी एवं माओवादी केन्द्रका नेता युवराज लामाले अभिनन्दन गरेका हुन् ।
कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी एवं माओवादी केन्द्रका नेता युवराज लामा, केन्द्रिय सदस्य अरुणा विक, केन्द्रिय सल्लाहकार शिद्धिलाल लामा, शहीद परिवारका गोकर्ण सापकोटा लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा १ नं. वडा संयोजक पदम बहादुर वाईबा, ३ नं. वडा ईन्चार्ज छिरिङ्ग बल, ४ नं. वडा अध्यक्ष रमेश अर्याल, १० नं. वडा ईन्चार्ज उद्धब रायमाझि, १० नं. वडा अध्यक्ष कुमार मोक्तान, पूर्व जनमुक्ति सेना कमिसन कमाण्डार बृषध्वज मोक्तान, नगर प्रचार प्रमुख महेश्वर अधिकारी, ४ नं. वडा युवा ईन्चार्ज कमल विक लगायत सहभागि थिए । नगर संयोजक बेनी बहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य मोहन बहादुर खड्का  र संचालन संगम लामाले गरेका थिए ।
२१ वर्षअघि आजकै दिन अर्थात  फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका क्रममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ । २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले हतियार उठाएर जनताको मुक्तिका लागि भन्दै शसस्त्र युद्ध शुरु गरेको थियो । 

Post a Comment

 
Top