0
निजगढसमाचार, निजगढ, १९ बैशाख
संसदमा दर्ता भएको प्रधानन्याधिश शुसिला कार्की बिरुद्दको महाअभियोग प्रस्तावको विरोध गर्दैै नेकपा एमालेले निजगढमा आज विहान राजमार्गमा प्रदर्शन गरेको छ ।
एमालले महाअभियोग प्रस्तावको फिर्ता लिन माग गर्दै शहीद चोकदेखि निजगढ गुम्बा चोकसम्म ¥याली निकालेको हो । यस अघि शहीद चोकमा जम्मा भएका एमालेका नेता–कार्यकर्ताले चर्को प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । सहभागिहरुले सरकार विरुद्ध चर्को नारा लगाएका थिए ।

Post a Comment

 
Top